News Category 2076/11/03
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा शनिबारदेखि बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम शुरु भएको छ ।
छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम अन्तर्गत एक जना बालिकाको बिमा कागज हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ तिलाठीमा शनिबार पहिलो दिन शिविर सञ्चालन गरिएको हो । आइतबार वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।
पहिलो दिन शिविरमा ७ वटा वडाका गरी एक सय तीन जना बालिकाको बिमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले बताए ।
बिमा गरिएकामध्ये वडा नं. १ का ३१ जना, वडा नं. २ का ३० जना, वडा नं. ३ का १३ जना, वडा नं. ४ का ९ जना, वडा नं. ५ का ७ जना, वडा नं. ७ का एक जना र वडा नं. ८ का १२ जना बालिकाको बिमा गरिएको सूचना अधिकारी झाले जानकारी दिए ।
शिविरमा आएका बालिकाहरुको स्वास्थ्य जाँच समेत गरिएको थियो । स्वास्थ्य जाँच शिविरमा आएका बालिकामध्ये तीन जना कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपक कुमार मण्डलले बताए ।
स्वास्थ्य जाँचमा तिलाठी स्वास्थ्य चौकीका दिपेन्द्र झा, कोइलाडी स्वास्थ्य चौकीका जय प्रकाश साह लगायतकाले स्वास्थ्य जाँच गरेको र स्वास्थ्य जाँच शिविर आइतबार समेत राखिने गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेशकुमार मिश्रले जानकारी दिए ।
२०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकाहरुको बिमा गर्ने कार्य भईरहेको छ जसमा प्रभु बैंकले बिमा गर्ने गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ