News Category 2076/11/03
तिलाठी कोइलाडीमा छोरीहरुको बीमा कार्यक्रम शुरु
राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा शनिबारदेखि बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम शुरु भएको छ ।
छोरी शिक्षा बिमा÷मुद्दति बचत कार्यक्रम अन्तर्गत एक जना बालिकाको बिमा कागज हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ तिलाठीमा शनिबार पहिलो दिन शिविर सञ्चालन गरिएको हो । आइतबार वडा नं. ४ कोइलाडीस्थित जिरिया हाटमा शिविर सञ्चालन गरिने छ ।
पहिलो दिन शिविरमा ७ वटा वडाका गरी एक सय तीन जना बालिकाको बिमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेश कुमार झाले बताए ।
बिमा गरिएकामध्ये वडा नं. १ का ३१ जना, वडा नं. २ का ३० जना, वडा नं. ३ का १३ जना, वडा नं. ४ का ९ जना, वडा नं. ५ का ७ जना, वडा नं. ७ का एक जना र वडा नं. ८ का १२ जना बालिकाको बिमा गरिएको सूचना अधिकारी झाले जानकारी दिए ।
शिविरमा आएका बालिकाहरुको स्वास्थ्य जाँच समेत गरिएको थियो । स्वास्थ्य जाँच शिविरमा आएका बालिकामध्ये तीन जना कुपोषित देखिएको गाउँपालिकाका स्वास्थ्य शाखाका दिपक कुमार मण्डलले बताए ।
स्वास्थ्य जाँचमा तिलाठी स्वास्थ्य चौकीका दिपेन्द्र झा, कोइलाडी स्वास्थ्य चौकीका जय प्रकाश साह लगायतकाले स्वास्थ्य जाँच गरेको र स्वास्थ्य जाँच शिविर आइतबार समेत राखिने गाउँपालिकाका स्वास्थ्य संयोजक शैलेशकुमार मिश्रले जानकारी दिए ।
२०७५ साल माघ १ गतेदेखि हालसम्म जन्मेका बालिकाहरुको बिमा गर्ने कार्य भईरहेको छ जसमा प्रभु बैंकले बिमा गर्ने गरिरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ