News Category 2076/11/04
छोरीले आत्महत्या होइन हत्या भएको आमा धुरनी देवीको दाबी
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगत गत माघ २० गते आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परेकोमा आत्महत्या नभई हत्या भएको मृतककी आमा धुरनी देवीले दाबी गरेकी छिन ।
घटनाको डेढ साता वित्तिसक्दा पनि लिलाको मृत्यु बारे सत्यतथ्य सार्वजनिक नभएपछि आईतबार राजविराज आईपुगेकी ७५ बर्षिय आमा धुरनी देवी घटनाबारे जानकारी दिँदै सबै सरोकारवालासँग सहयोगकालागि आग्रह गर्दै घटनाको उच्च स्तरिय छानविन हुनुपर्ने माग समेत गरेकी छिन् ।
खडक नगरपालिका ३ मा माईती रहेको लिलाकी आमाले मृत्यु विवरण, ईलाका प्रहरी कार्यालय कल्याणपुरमा बुझाउन खोजेको जाहेरी दरखास्तका प्रतिलिपि र छोरीका केही तस्विर लिएर आएकी आएकी थिइन् ।
लिलाको हत्यालाई आत्महत्या देखाउन मृतकका पति सन्तोष, सासु जिबछी देवी र ससुरा लक्ष्मण भगतले मिलोमतो गरी लिलालाई पासो लगाएर झुण्डियाएको आमा धुरनी देवीको आरोप छ ।
माईती पक्षका अनुसार उनका पति सन्तोषको छिमेकी एक महिला सँग अनौतिक सम्बन्ध रहेकोले पछिल्लो केही समयदेखि ज्वाई सन्तोषले छोरीलाई चरम यातना दिदै आएको धुरनी देवीले सुनाईन ।
यसबारे छोरीले समेत पटक पटक आफुलाई जानकारी दिने गरेको उनले बताईन । विहेको १५ वर्ष वित्तिसक्दा पनि छोरीको विहे दर्ता र नागरिकता समेत नबनाई दिएको उनले बताइन् ।
यता घटनाको भोलीपल्ट धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिलाको पोष्र्टमार्टमा सकिएपछि दाह संस्कार गरिएको थियो । पोष्र्टमाटम रिपोर्ट भने अहिले सम्म आउन सकेको छैन ।
यसबारे ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरिक्षक धर्मराज मुडभरीले पोष्र्टमाटम रिपोर्ट आई नसकेको अवस्थामा लिलाले आत्महत्या गरेकी हुन वा हत्या भन्ने बारे अहिले यकिन भन्न नसकिने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ