News Category 2076/11/05
मुस्लिमहरुको धार्मिक महासभा इज्तिमा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको बोदेबर्साइन वडा नं. ५ जाजरमा आयोजित मुस्लिम समुदायको तिन दिने धार्मिक महासभा इज्तिमा सोमबार सम्पन्न भएको छ ।
सम्मेलनका मुख्य प्रवर्चनकर्ता भारत दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मो. हजरत सादले उक्त तिन दिने सम्मेलनमा आपसी सद्भाव र मानव कल्याण कार्यमा जोड दिएका थिए ।
नेपाल तथा भारतका गरी करिब २ लाख ५० हजार भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना प्रश्चात् तिन दिने सम्मेलन सम्पन्न भएको हो ।
यता सम्मेलनमा भाग लिन आएकाहरु आ–आप्mनो गाडी चढेर सोमबार घर फर्कदा जिल्लाको ट्राफिक व्यवस्थामा समस्या भएको छ । हजारौंको संख्यामा सडकमा सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको तथा घण्टौ सडक अवरुद्घ भएको जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ ।
यस्तै अहिले कार्यक्रम स्थल भने दुर्गन्धित भएको छ । तिन दिन सम्म लाखौं व्यक्ति बस्दा दिशापिसाव, खानपिन आदिका कारण उक्त क्षेत्र दुर्गन्धित बन्न पुगेको स्थानियहरुले बताएका छन् । आयोजकले महासभाका लागि २ हजार २ सय शौचालय निर्माण गरेपनि सहभागी धेरै भएकाले आसपासका क्षेत्रमा समेत दिसाका थुप्रा देखिएको छ ।
स्थानियबासी, आयोजक र नगरपालिकाका सरसफाईकर्मीको संयुक्त प्रयासमा छिट्टै फोहोर मैलाको व्यवस्थापन गर्ने तयारी गरिएको बोदेबर्साइन नगरपालिकाले जनाएको छ ।
यसअघि मुस्लिम समुदायको धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको थियो ।
भारत मोतिहारी जिल्लाका ७४ वर्षीय हारु रसिदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हारुनको शनिबार बेलुका ६ बजे निधन भएको थियो । त्यस्तै अर्का एक नेपालीको मृत्यु भएको थियो । उनको पनि आफ्नै कालगतिले निधन भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ