News Category 2076/11/05
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले सोमबार स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
गाउँपालिका कार्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रममा हङकङमा सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका अजित यादवलाई ५१ हजार नगदसहित सम्मान गरेको छ ।
यस्तै २०७५ सालको एस.ई.ई. परिक्षामा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उत्रिर्ण हुने १० जना छात्र छात्राहरुलाई ल्यापटप र साईकल उपहार सहित सम्मान गरिएको छ ।
सम्मान पाउने छात्र छात्राहरुमा गाउँपालिकाका राम कुमार ईसर, मुनी कुमारी झा, अरुणा राय, सुरुची सिंह, भास्कर झा, कुशुम कुमारी मिश्रा, मानती कुमारी यादव, रामबाबु मण्डल, अनुराधा कुमारी पैकडा र प्रकाश मण्डल छन् ।
त्यस्तै गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयमा लामो समयदेखि शिक्षण पेशामा रही शिक्षा क्षेत्रका योगदान पु¥याई हालै सेवा निवृत भएका तीन जना प्रधानाध्यपाकहरुलाई पनि सम्मानित गरिएको छ ।
उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंह, निमिति प्रमुख प्रशासकिय अधिकृत राजु झा लगायतले नगद, उपहार तथा कदर पत्रबाट सम्मान गरेका थिए ।
गाउँपालिका भित्र विभिन्न विद्यालयमा अध्यनरत छात्र छात्रालाई नियमित विद्यालय जान र प्रोत्साहन गर्न साईकल र ल्यापटप वितरण गरिएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताएका छन् ।
सो गाउँपालिकाले गत वर्षदेखि नै एस.ई.ई. परिक्षमा गाउँपालिका स्तरमा सर्वाधिक अंक ल्याई उतिर्ण हुने १० जना छात्र छात्रालाई प्रोत्साहन स्वरुप साईकल र ल्यापटप उपहार दिने कार्यक्रम संचालनमा ल्याएको हो ।
यस्तै फागुन अन्तिम सातामा नगद पुरस्कार सहितको साईकल रेस र हाफ म्याराथुन प्रतियोगिताको आयोजना समेत गरिने कार्यक्रम तय भएको अध्यक्ष सिंहले जानकारी दिए ।
तिलाठी कोईलाडी गाउँपालिकाका सूचना अधिकारी राजेश झाद्वारा संचालित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे निमित प्रमुख प्रशासकिय अधिकृत झाले प्रकाश पारेका थिए भने समाजसेवी देव नारायण यादव, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, रमेश कुमार झा लगायतले गाउँपालिकाको सर्वाङ्गिण विकासका लागि यस्ता प्रोत्साहन कार्यक्रमले ठूलो टेवा पुग्ने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ