News Category 2076/11/06
टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीयको मृत्यु, आधा दर्जन घाइते

दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको बोदेबसाईन–विषणपुर सडकखण्ड गौरामा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक महिलासहित दुई भारतीय नागरिकको मृत्यु भएको छ भने सो दुर्घटनामा ६ जना घाइते भएका छन् ।
स.१प. ३७९५ नम्बरको टेम्पुलाई विपरीत दिशाबाट तिब्रगतिमा आउँदै गरेको बा.१च. ५५२७ नम्बरको टिपरले ठक्कर दिँदा टेम्पु सवार भारतको मोतीहारी जिल्ला निवासी २६ वर्षिय मो. सद्दाम हसैन र ४५ वर्षिया कुनकुनिया खातुनको मृत्यु भएको पहरीले जनाएको छ ।
हुसैनको घटनास्थलमै तथा खातुनको बिराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टेम्पु सवार अन्य ६ जना घाइते भएका छन् ।
यस्तै घाइते हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका १ निवासी ४० वर्षिय मो. सल्लाउद्दिन, उनकी ३५ वर्षिया श्रीमती मुनिया खातुन, १२ वर्षिय छोरा मो. अकबर, १० वर्षिय छोरा मो. दाबेल र ६ वर्षिय छोरा मो. आशिक छन् । त्यस्तै सोही वडा निवासी ९ वर्षिय मो. अनबर पनि घाइते भएका छन् ।
घाइतेहरुको बोदेबसाईन तथा बिराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको डिएसपी तिलक भारतीले जानकारी दिए ।
घटनापछि टिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अघी बढाइएको डिएसपी भारतीले बताए ।
बोदेबसाईन नगरपालिकाको जाजरमा मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सम्पन्न भएपछि घर फर्किदै गर्दा सो दुर्घटना भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ