News Category 2076/11/07
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
एसईई परिक्षाका लागि केन्द्राध्यक्ष चयन गर्दा निजि विद्यालयहरुलाई पनि प्रतिशतको आधारमा केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने लगायत विभिन्न माँगहरु राख्दै बुधबार निजि विद्यालयहरुको छाता संगठनहरुले शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।
प्याबशनका अध्यक्ष देवानन्द चौधरी, एनप्याबशनका अध्यक्ष नरेशप्रताप साह र नेपाल प्याबशनका अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीका प्रमुख फनेन्द्र काफ्लेलाई सो ज्ञापन पत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापन पत्रमा देशको शैक्षिक स्तर उकास्नका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका निजि विद्यालयहरुले गुणात्मक शिक्षा प्रदान गर्नुका साथै लाखौं नेपालीलाई रोजगारीको दिई देशको विकासमा पु¥याउँद आएको योगदानप्रति राज्यले उपेक्षित व्यवहार गरिरहेको जनाइएको छ ।
सोही ज्ञापनमा एसईई तथा कक्षा ११ र १२ को परीक्षाको केन्द्र निर्धारण गर्दा छात्र छात्राहरुको कठिनाईलाई ध्यान पु¥याई केन्द्र निर्धारण गर्न, निजि विद्यालयका शिक्षकहरुलाई पनि जिल्लाका सम्पूर्ण केन्द्रको निरिक्षकमा सहभागि गराउनुपर्ने, निजि विद्यालयका शिक्षकहरुलाई पनि एसईईको उत्तर पुस्तिका परीक्षणमा सहभागि गराउनुपर्ने, परिक्षा मर्यादित गर्ने उद्देश्यले अनुगमनमा निजि विद्यालयका छाता संगठनहरुलाई पनि सहभागि गराउनु पर्ने, इएमआईएस कोड अनिवार्य रुपमा लागु गर्नुपर्ने तथा अवैध रुपमा सर्टिफिकेट बाडेका विद्यालयहरुको सम्बन्धमा पटक पटक संस्थागत विद्यालयका संगठनहरुले शिक्षा विकास समन्वय ईकाईमा कार्यवाहीका लागि पत्र बुझाउँदा समेत हालसम्म कुनै ठोस पहल नभएकोले स्पष्ट धारणा आउनुपर्ने माँग गरिएको छ ।
सोही ज्ञापनपत्र प्रदेश २ का सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, जिल्ला समनवय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोदार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ