News Category 2076/11/07
एसईईमा निजि विद्यालयहरुलाई पनि केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने माग
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
एसईई परिक्षाका लागि केन्द्राध्यक्ष चयन गर्दा निजि विद्यालयहरुलाई पनि प्रतिशतको आधारमा केन्द्राध्यक्ष घोषणा गर्नुपर्ने लगायत विभिन्न माँगहरु राख्दै बुधबार निजि विद्यालयहरुको छाता संगठनहरुले शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीमा ज्ञापन पत्र बुझाएका छन् ।
प्याबशनका अध्यक्ष देवानन्द चौधरी, एनप्याबशनका अध्यक्ष नरेशप्रताप साह र नेपाल प्याबशनका अध्यक्ष दिनेश कुमार यादवले संयुक्त रुपमा शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीका प्रमुख फनेन्द्र काफ्लेलाई सो ज्ञापन पत्र बुझाएका हुन् ।
बुझाइएको ज्ञापन पत्रमा देशको शैक्षिक स्तर उकास्नका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएका निजि विद्यालयहरुले गुणात्मक शिक्षा प्रदान गर्नुका साथै लाखौं नेपालीलाई रोजगारीको दिई देशको विकासमा पु¥याउँद आएको योगदानप्रति राज्यले उपेक्षित व्यवहार गरिरहेको जनाइएको छ ।
सोही ज्ञापनमा एसईई तथा कक्षा ११ र १२ को परीक्षाको केन्द्र निर्धारण गर्दा छात्र छात्राहरुको कठिनाईलाई ध्यान पु¥याई केन्द्र निर्धारण गर्न, निजि विद्यालयका शिक्षकहरुलाई पनि जिल्लाका सम्पूर्ण केन्द्रको निरिक्षकमा सहभागि गराउनुपर्ने, निजि विद्यालयका शिक्षकहरुलाई पनि एसईईको उत्तर पुस्तिका परीक्षणमा सहभागि गराउनुपर्ने, परिक्षा मर्यादित गर्ने उद्देश्यले अनुगमनमा निजि विद्यालयका छाता संगठनहरुलाई पनि सहभागि गराउनु पर्ने, इएमआईएस कोड अनिवार्य रुपमा लागु गर्नुपर्ने तथा अवैध रुपमा सर्टिफिकेट बाडेका विद्यालयहरुको सम्बन्धमा पटक पटक संस्थागत विद्यालयका संगठनहरुले शिक्षा विकास समन्वय ईकाईमा कार्यवाहीका लागि पत्र बुझाउँदा समेत हालसम्म कुनै ठोस पहल नभएकोले स्पष्ट धारणा आउनुपर्ने माँग गरिएको छ ।
सोही ज्ञापनपत्र प्रदेश २ का सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, जिल्ला समनवय समिति र जिल्ला प्रशासन कार्यालय सप्तरीलाई समेत बोदार्थ गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ