News Category 2076/11/07
कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने ः प्रदेश २ प्रहरी प्रमुख कार्की
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक प्रधुम्न कार्कीले कुनै पनि कुरिती प्रहरीको एक्लो प्रयासले अन्त नहुने भन्दै यसका लागि नागरिक समेतको सहयोग आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको निवनिर्मित हिरासत कक्ष, कार्यालय प्रमुख, निवासकक्ष तथा भान्साघर भवनको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
प्रदेश २ मा लागू औषध, घरेलु हिंसा, बालविवाह लगायतका कुरिती बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गर्दै यस्ता विकृति अंतका लागि प्रहरी–जनता सहकार्यको आवश्यक रहेकोमा जोड दिए ।
उनले यस्ता विकृतिको एकल प्रयासले अन्त हुन नसक्ने भन्दै यसका लागि प्रहरी र जनता मिलेर सहकार्य गर्दै अघि बढनु जरुरी रहेको बताए । उनले प्रहरीलाई बर्दीसहितको नागरिक तथा नागरिकलाई बर्दी बिनाको प्रहरीको रुपमा चित्रित गर्दै प्रहरी र नागरिकको सहकार्यबाट समाजमा शान्ति र अमन चयन कायम हुने बताए ।
अपराध र अपराधी सँग कुनै पनि साठगाठ र सम्झौता नगर्न मातहतका प्रहरी कर्मचारीलाई उनले कडा निर्देशन समेत दिए ।
सहभागीहरुलाई स्वागत गर्दै प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जनतासँग सहकार्य गर्दै प्रहरी अघि बढेको र विगतको तुल्नामा अपराध नियन्त्रणमा धेरै हदसम्म सफलता मिलेको बताए । प्रहरीले बनाएको एक वर्षे सुरक्षा योजना प्रभावकारी बनाउन स्थानिय समाजका अगुवाले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै धन्यवाद दिए ।
नेपाल सरकारको नियमित कार्यक्रम अन्तर्गत २ करोड ५१ लाखको लागतमा निर्माण भएको हिरासत कक्ष, कार्यालय प्रमुखको निवास र भान्सा घरले शान्ति सुरक्षा प्रवाहामा मद्दत पुग्ने उद्घाटन समारोहमा सहभागिताहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ