News Category 2076/11/09
अन्तरबिद्यालय क्रिकेटका फाइनमा म्याक्सेल र शिब्स भिड्दै
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको फाइनल खेल म्याक्सेल र शिब्स बोर्डिङ स्कुलबीच हुने भएको छ ।
प्रतियोगिताको शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरुमा म्याक्सेलले केअ माबिलाई ८ विकेट तथा शिब्सले दुर्गालाई १७ रनले पराजित गर्दै फाईनलमा स्थान बनाउन सफल भएको छ ।
सम्पन्न पहिलो खेलमा केअले निर्धारित २० ओभरको खेलमा १९ ओभर १ बल खेलेर सबै बिकेट गुमाई ६० रनको झिनो स्कोर बनाएको थियो । जसमा संतोष मण्डल १४ र सितल परियारले ११ रन बनाउन सफल भएका थिए ।
यता बलिङ तर्फ म्याक्सेलका असन जमालले ३, मोहम्मद सकिम र धिरेन्द्र साहले २÷२ बिकेट हात पारेका थिए भने उमेशचन्द्र साह र संजित साहले १÷१ बिकेट लिएका थिए ।
जवाफमा म्याक्सेल स्कुल राजबिराजले १२.४ ओभरमा २ बिकेट गुमाई लक्ष्य पार गरेको थियो । जसमा टिमका लागी पंन्चज यादबले २९ रन अविजित र केशव साहले १२ रन जोडेका थिए ।
सो खेलमा म्यान अफ द म्याच म्याक्सेलका असन जमाल घोषित भएको आयोजक समितिका संयोजक संतोष यादब जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ