News Category 2076/11/09
तीन सय किलोको पितलको घण्टा स्थापना
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
महा शिवरात्रीको अवसरमा राजविराज ७ हटियास्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलो वजनको पितलको घण्टा स्थापना गरिएको छ ।
मन्दिरमा भक्तजनले चढाएको भेटी तथा हटिया र नगरबासीहरु सित सहयोग संकलन गरी २ लाख २५ हजारको लागतमा घण्टा खरिद गरी स्थापना गरिएको भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले जानकारी दिए ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन महा शिवरात्री पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा सप्तरीको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथ मन्दिर, डाक्नेश्वरी मन्दिर, लालेश्वरनाथ मन्दिर, भुतनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, अंकुरी महादेव मन्दिर लगायतका शिवालयमा दर्शन र पुजाआजा गर्ने भक्तजनको दिनभर नै घुईचो लागेको थियो ।
शिवालयहरुमा दर्शनार्थीको अत्याधिक चाप बढेपछि शान्ति सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो भने दर्शनार्थीको चापका कारण सम्बद्घ मन्दिर व्यवस्थापन समितिले पनि स्वयसेवक परिचालन गरी भक्तजनलाई लाामबद्घ लगाएर पुजापाठको व्यवस्था मिलाएका थिए ।
भक्तजनहरु पवित्र नदीबाट जल ल्याएर हरहर महादेव र बोलबमको नारा सहित काँवर बोकेर शिव मन्दिर पुगी जल चढाएका छन् । उनीहरु अघिल्लो दिन राती नै सप्तकोशी नदीमा पुगी त्यहाँबाट जल बोकेर मध्यराती पैदलै हिडेका थिए ।
शिवरात्रीको अवसरमा हरनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय, राजविराज जेसिज, सुर्या लाईफ ईन्स्योरेन्स, एनसि ईन्जिरिङ्ग कन्सलटेन्सी, ग्रिन नेपाल, मिलन डेरी, ओपन नौलेज फर्मल लगायतका कार्यालय र संघ संस्थाले निशुल्क खानेपानी, दुध, बेलपत्र लगायतका प्रसाद सामग्री वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ