News Category 2076/11/12
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा

दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीका केही इट्टा उद्योगहरुले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने कार्बनको प्रयोग गरि इट्टा उत्पादन गर्ने गरेको खुलासा भएको छ ।
शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।
अनुगमनका क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।
इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.१त. २२९४ र स.१त. ३५३० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।
कार्बनको अत्यधिक प्रयोग गरि इट्टा उत्पादन गरिरहेको गुनासोको आधारमा इट्टा पकाईरहेको बेला शनिबारराती १० बजेतिर खटिएको अनुगमन टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको पाईएपछि कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको अध्यक्ष साहले जानकारी दिए ।
इट्टा उद्योगले प्रयोग गर्ने गरेको कार्बनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने खतरा रहेकोले कार्बन प्रयोगलाई निरुत्साहित गर्न अनुगमन शुरु गरिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ