News Category 2076/11/12
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीका केही इट्टा उद्योगहरुले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने कार्बनको प्रयोग गरि इट्टा उत्पादन गर्ने गरेको खुलासा भएको छ ।
शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।
अनुगमनका क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।
इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.१त. २२९४ र स.१त. ३५३० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।
कार्बनको अत्यधिक प्रयोग गरि इट्टा उत्पादन गरिरहेको गुनासोको आधारमा इट्टा पकाईरहेको बेला शनिबारराती १० बजेतिर खटिएको अनुगमन टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको पाईएपछि कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको अध्यक्ष साहले जानकारी दिए ।
इट्टा उद्योगले प्रयोग गर्ने गरेको कार्बनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने खतरा रहेकोले कार्बन प्रयोगलाई निरुत्साहित गर्न अनुगमन शुरु गरिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ