News Category 2076/11/14
सन् २०२० मा गरिने कार्यक्रम बारे जानकारी
दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
सेभ द सप्तरीले अगामी सन् २०२० मा गर्ने आप्mना बिभिन्न कार्यक्रमको बारेमा जानकारी दिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यलयमा मंगलबार आयोजित कार्यक्रम सल्लाहकार समितिको बैठकले सो जानकारी दिएको छ ।
राजविराज नगरपालिकासहित जिल्लाको छिन्नमस्ता, तिलाठी कोइलाडी तथा बिष्णुपुर गाउँपालिकाको कार्यरत संरचना अनुसार १० वटा कृषक समुह, ३ सहकारी संस्था, १६ वटा स्वास्थ्य चौकी, ५१ वटा आधारभूत विद्यालय र १३ माध्यमिक विद्यालय तथा ८५ वटा बाल विकास केन्द्र, १२६ बाल क्लव, १६ वडा बाल क्लव सञ्जाल र एक गाउँबाल क्लव सञ्जाल, २७ वडा बाल संरक्षण समिति तथा २ सय २५ वटा लघु उद्यमीहरुलाई अहिलेसम्म सेवा पु¥याएको बारे समुन्नति कार्यक्रम संयोजनक गोपाल प्रसाद चौधरीले जानकारी दिएका छन् ।
सन् २०१९ मा प्राप्त गरेको उपलब्धीहरु ३ सय ९ प्रजनन् उमेरका महिलाहरुले मातृ तथा नवजात शिशु स्वास्थ्य बारे जानकारी, स्वास्थ्य संस्थामा मातृ मृत्यु निगरानी प्रतिकार्य परिचालन, स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको लागि गुणस्तर सुधार टोली गठन भएको र १५ स्वास्थ्य कर्मीहरुलाई तालिम दिइएको बताइएको छ ।
संक्रमण रोकथामको लागि सखडा स्वास्थ्य चौकीमा औजार सहयोग, सूचना प्रविधिको माध्यमद्वारा बालविकास केन्द्रमा शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्न ल्यापटप, प्रोजेक्टर, पेनड्राइभ र साउण्ड बक्स प्रदान गरिएको छ ।
यस्तै सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले आगामी सन् २०२० को ६ महिनाको अवधिमा ग्रामीण खानेपानी तथा पुर्ण सरसफाइ, बर्थिङ्ग केन्द्रको लागि मर्मत सम्हार, प्रसुती गृहमा नवजात शिशु स्यहार कुन्ना स्थापना, प्रसुती गृहमा कङगारु मदर स्यहार कुन्ना स्थापना, स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको लागि गुणस्तर सुधार टोली गठन र व्यवास्थापन समितीका पदाधिकारीहरुलाई तीन दिने तालिम दिइने जनाइएको छ ।
त्यस्तै विद्यालय भर्ना अभियानमा सहयोग समुदायमा गणितिय शिविर÷महोत्सव न्युमेरेसी बुस्ट माध्यमबाट शिक्षण गर्न सामग्री प्रदान विद्यालयमा अतिरिक्त क्रियाकलाप कक्षा १ मा पढाउने शिक्षकहरुको लागि न्युमेरेसी बुस्ट तालिम कोठाभित्रको बुक कर्नर÷पुस्तकालय स्थापनामा सहयोग विद्यालय व्यवस्थापन समिति, प्र.अ., शिक्षक, अभिभावक, पालिका प्रतिनिधि, विद्यार्थी र वडा सदस्यको संयुक्त गुणस्तरीय शिक्षा सुदृढिकरण कार्यशालाको आयोजना गरिने समुन्नति कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलम्बर यादवको प्रमुख अतिथियमा आयोजित कार्यक्रम सल्लाहाकार समितिको बैठकमा बिभिन्न सरकारी तथा गैरसरकारी संस्था, पत्रकार गाउँपालिका र नगरपालिकाका प्रमुख, प्रतिनिधि, कृषि क्षेत्रका प्रमुखसहितकाको उपस्थित रहेको उक्त कार्यक्रममा सेभ द सप्तरीले जिल्लाको दक्षिणी र पश्चिमी भेगमा गरेको कार्यक्रमबाट स्थानिय जनतालाई बिभिन्न शिक्षा, स्वास्थ्य, कृषि, लघुउद्यमी जस्ता कार्यक्रमहरु ल्याएर ठूलो योगदान पु¥याइरहेको भन्दै धन्यवाद दिइएको छ ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन थापा, नेपाल शिक्षक महासंघका अध्यक्ष दिनेश कुमार यादव, सेभ द चिल्ड्रेनका अरुण महतो, छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यमसुन्दर यादव, सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देव लगायतका वक्तहरुले बोलेका थिए ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख किसुनदेव राउत, सवल नेपालका अध्यक्ष जुना गिरी, एनजिओ फेडरेशनका उपाध्यक्ष बलदेव मण्डल, सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देव, कृषि प्राबिधिक रामकुमार साह, प्रोग्राम सुपरभाइजर मोनिका मिश्र, राजिव चौधरी, दुर्गानन्द शर्मा र संतोष यादव लगायत सेभ द सप्तरीमा कार्यरत कर्मचारी तथा सामुदायिक परिचालकहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ