News Category 2076/11/14
सप्तरीबाट २ सय ५६ वटा आर्थिक अनियमितताका उजुरी

दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
अख्तियार अनुसन्धान आयोगले आ.ब. २०७५÷०७६ मा सप्तरी जिल्लाबाट सर्वाधिक २ सय ५६ वटा आर्थिक अनियमितताको उजुरी परेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरी कार्यालयद्वारा मंगलबार राजविराजमा आयोजित भ्रष्टाचार नियन्त्रण र शुसासन प्रबद्र्घनका लागि जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।
आयोगका शाखा अधिकृत गिरीराज भट्टराईले प्रतिवेदन प्रस्तुत गर्दै १ सय ४९ वटा उजुरी स्थानिय तहमा भएको आर्थिक अनियमितताका रहेको जानकारी दिए ।
उनले पुरानो सरेर आएको १ सय २२ तथा आर्थिक वर्ष २०७५÷०७६ मा परेको २ सय ५६ उजुरी गरी कुल ३ सय ७८ मध्ये १ सय ८२ उजुरीको फर्छयौट गरी सकेको र बाँकी १ सय ९६ उजुरी छानविनको क्रममा रहेको बताए ।
कार्यक्रममा आयोगको ईटहरी कार्यालयका प्रमुख चक्र बहादुर बुढाले आर्थिक अनियमितता र भ्रष्टाचार विषयमा आयोगमा परेको उजुरी तथा गुनासाका आधारमा सुक्ष्म अनुसन्धान गरी आयोगले निष्पक्ष ढंगले कार्यवाही प्रकृया अघि बढाउने गरेको बताए । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागी आयोगले गर्ने गरेको गतिविधिमा सवैले सहयोग गर्नुपर्नेमा जोड समेत दिए ।
यता अधिकांस जनप्रतिनिधिले पुरानो रिसीईवी र राजनैतिक आस्थाका आधारमा आयोगमा झुठा उजुरी पर्ने क्रम पनि बढेको दावी र चिन्ता व्यक्त गर्दै छानविन पश्चात् उजुरी झुठा ठहरिए त्यस्ता उजुरीकर्तालाई पनि कार्यवाही हुनुपर्ने सुझाव दिएका थिए ।
उनीहरुले स्थानीय तहमा कर्मचारी अभावलाई परिपूर्ती गर्न ध्यानाकर्षण गराउँदै अख्तियारले गाउँस्तरिय कार्यक्रमको आयोजना हुनुपर्ने लगायतका सुझाव समेत दिए ।
कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख सतिश सिंह, रुपनी गाउँपालिकाका प्रमुख हरेराम यादव, पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा लगायतले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवलम्बन गर्नुपर्ने उपायबारे समेत आ–आफनो सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न स्थानिय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख, शिक्षक, पत्रकार लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ