News Category 2076/11/14
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित

चन्दनकुमार यादव
राजबिराज, १४ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउपालिका ७ स्थित ल.ब.न उमाबि बभनगामाकट्टीमा विज्ञान शिक्षकको अभावमा विद्यार्थीहरुको पठनपाठनमा प्रभावित भइरहेको छ ।
सो विद्यालयमा एक वर्षदेखी कक्षा ८, ९ र १० का विद्यार्थीहरुका लागि एउटा पनि विज्ञान विषय पढाउने शिक्षक छैन ।
ती कक्षाहरुमा बिज्ञान बिषय सोही विद्यालयका प्रअ र उच्च माविका शिक्षकहरुले जसोतसो पढाइरहेको कक्षा ९ का बिद्यार्थी रामसेवक मण्डलले भनाई छ ।
यता बिद्यार्थीहरूको एसईई नजिकदै जाँदा बिज्ञान विषयको पढाई नहँुदा विद्यार्थीहरु मर्कामा परेका छन् । विद्यालयबाट २ सय भन्दा बढी विद्यार्थीहरु यस पटकको एसईई परिक्षा दिने तयारी गरिरहेको विद्यालय श्रोतले बताएको छ ।
अहिले उक्त विद्यालयमा कक्षा ८ मा १ सय १५ जना, कक्षा ९ मा १ सय २८ जना र कक्षा १० मा २ सय ६ जना गरि १ हजार २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्याप बिपिन झाले जानकारी दिए ।
यता प्रअ झाले बिद्यालयमा कक्षा कोठाको अभाव र बिद्यार्थी अनुपातमा शिक्षकको दरबन्दी नहुदाँ बिज्ञान बिषयको शिक्षकसहित अन्य शिक्षकको समेत अभाव रहेको दुखेसो पोखे । उनले भने, “लामो समयदेखि ब्यबस्थापन समिति चयन हुन नसक्दा शिक्षकको माँग समेत पूर्ती हुन सकेको छैन् ।”
बिद्यालयमा बिज्ञान विषयका शिक्षक मनोज यादब अस्थायी शिक्षक रूपमा लामो समयदेखी कार्यरत रहेपनि २०७५ सालमा अस्थायी शिक्षकलाई अबकास दिने नेपाल सरकारले निर्णय गरे अनुसार उनले अवकास पाएपछि विज्ञान विषयको पद रिक्त भएको प्रअ झाको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले गाउँपालिका सम्पूर्ण विद्यालयमा गरि ३५ जना शिक्षकको अभाव रहेको भन्दै नेपाल सरकारले पदपूर्ती गर्नका लागि शिक्षक पठाए मात्र समस्याको समाधान हुने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ