News Category 2076/11/15
जन्मसिद्धका आधारमा पाउन नसकेका नेपाली नागरिकले नागरिकता पाउनु पर्छ ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजबिराज, १५ फागुन ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जन्मसिद्धका आधारमा पाउन नसकेका हरेक नेपाली नागरिकले नागरिकता पाउनु पर्ने बताएका छन् ।
नेपाल राष्टिूय मुसहर संघको चौथो जिल्ला अधिवेशनलाई बिहीबार राजविराजमा सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
दलित, मुसहर, आदीवासी जनजाती, मुस्लिम तथा पिछडिएको वर्गलाई अधिकार नदिएका कारण अहिले उनीहरु अधिकारबाट बञ्चित रहेको भन्दै अध्यक्ष यादवले सम्पूर्ण मुसहर समुदायलाई आफ्ना हक अधिकार सुनिश्चित गर्न एकजुट भई अगाडी बढ्न सुझाव दिए ।
आयोजित सभालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले गरिब जनताका लागि सरकारले ल्याएको जनता आवास कार्यक्रम मार्फत सबै गरिब जनताले आवास पाउन नसक्ने भन्दै यसका लागि सरकारले छुट्टै योजना ल्याउनु पर्नेमा जोड दिए ।
उनले मुसहर समुदायका बालबालिकाहरु सबै भन्दा बढी कुपोषित हुने गरेकाले सरकारले निशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउनु पर्ने आवश्यकता रहेको बताए । सोही सभामा अध्यक्ष यादवले मुसहर समुदायका बालबालिकाहरुलाई काममा नलगाई शिक्षा हासिल गर्नेतर्फ अग्रसर गराउनु पर्नेमा जोड समेत दिए ।
सोही कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादवले मुसहर समुदायलाई राजयले भोट बैंकको रुपमा प्रयोग गर्दै आइरहेकोले भन्दै अब मुसहर समुदाय पनि राजनीतिक रुपमा अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए ।
“राजनैतिक एउटा यस्तो साँचो हो, जसले सबै सम्भावनाको ढोकालाई खोल्न सक्छ”, मन्त्री यादवले भने, “राजनैतिक रुपमा संगठित नहुनजेलसम्म मुसहर समुदायले अधिकार प्राप्त गर्न असम्भव जस्तै छ ।”
प्रदेश सरकारले ल्याएको दलित सशक्तिकरण विदेयक समाजमा रहेको छुवाछुत, जातिय विभेद जस्ताको संस्कारको अन्त्य गर्न संजिवनी बुटीको काम गर्ने दाबी उनले गरे ।
प्रदेश सरकारको तर्फबाट दलितहरुका लागि छात्राबास, शिक्षा, रोजगारी लगायतका कामहरु अगाडी बढाइएको बताउदै जनकपुरस्थित रहेको सवरी कुटीका लागि पनि ८० लाख बजेट बिनियोजन गरेको उनले जानकारी दिए ।
राष्टिूय मुसहर संघका केन्द्रिय अध्यक्ष चन्देश्वर सदा, मुसहर संघका अगुवा गंगा सदा, बलराम सदा, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ