News Category 2076/11/18
जिर्ण सडक अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने सांसद चौधरीको चेतावनी
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीले जिर्ण सडकहरु अविलम्ब मर्मत नगरिए आफै धर्नामा बस्ने चेतावनी दिएका छन् ।
सप्तरी सदरमुकाम राजविराज जोड्ने मुख्य सडकहरुका साथै जिल्लाको आधा दर्जन सडक खण्ड बर्षौदेखि जिर्ण हुँदा पनि मर्मत सम्भार तर्फ सम्बन्धीत निकायको चासो नदेखिएको भन्दै आईतबार सांसद चौधरीले सो चेतावनी दिएका हुन् ।
राजपा नेपालका केन्द्रिय तथा स्थानिय नेता लगायत केही जनप्रतिनिधि समेत सहभागी रहेको टोलीको नेतृत्व गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका सासद चौधरीले जिर्ण सडक मर्मत कार्य अबिलम्ब नथालिए आफै सडकमा धर्नामा बस्ने चेतावनी दिए ।
प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरीको नेतृत्वमा राजपाका केन्द्रिय सदस्य दिनेश कुमार यादव, विशेश्वर रजक, अमरनाथ मण्डलसहितको टोलीले जिर्ण सडक खण्डहरुको मर्मत सम्भार कार्य अबिलम्ब सुरु गर्नका लागि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको ध्यानाकर्षण समेत गराए ।
सप्तरी सदरमुकाम राजविराज जोडने मुख्य सडक मानिएको राजविराज–हनुमाननगर, राजविराज–छिन्नमस्ता, राजविराज–कुनौली सडक खण्ड बर्षौदेखि जिर्ण छ । त्यस्तै पातो–कठौना, शम्भुनाथ–बनैनिया सडक खण्ड पनि बर्षौ देखि जिर्ण हुँदा पनि मर्मत सम्भार नगरिदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
पातो–कठौना र शम्भुनाथ–बनैनिया सडक खण्डको टेन्डर प्रकृया पुरा भई ठेक्का लागेको २ वर्ष वितिसक्दा पनि निर्माण कार्य सुरु हुन नसकेको भन्दै सांसद चौधरीले सडक डिभिजन कार्यालय लहानका जिम्मेवार अधिकारीहरु मुकदर्शक बनेको बताए । उनले अबिलम्ब ठेकेदार कम्पनीका प्रतिनिधिलाई झिकाई कार्यवाही गर्न माँग समेत गरे ।
यस्तै राजपाका केन्द्रिय सदस्य दिनेश यादवले अति व्यस्त मानिने सडकहरु लामो समयदेखि जिर्ण हुँदा पनि सरोकारवाला निकाय मौन बस्नु दुखद भएको भन्दै अबिलम्ब मर्मत कार्य नथालिए आन्दोलन चर्काउने चेतावनी दिए ।
राजपाका अर्का केन्द्रिय सदस्य विशेश्वर रजकले राजविराज–कुनौली सडक खण्डमा गुडेका टिपर, ट्रक, बस, अटो लगायतका सवारीले उडाएको धुलोले दिउँसै बाटो नदेखिने र स्थानियमा गम्भीर असर पुर्याइरहेको भन्दै निर्माण कम्पनीलाई सडकमा पानी हाल्न कडा निर्देशन दिनुपर्ने माग गरे ।
सप्तरीको राजविराज–हनुमाननगर, राजविराज–रुपनी, राजविराज–छिन्नमस्ता, राजविराज–कुनौली, पातो–कठौना र शम्भुनाथ–बनैनिया सडकखण्ड भएर दैनिक सयौका संख्यामा सवारी सधान आवत जावत गर्छन । अहिले ति सडकखण्डहरुको दर्जनौ ठाउँमा आधी फिट सम्म गहिरो खाल्डा खुल्डी भएको छ ।
जसकारण दुर्घटना समेत भएको भन्दै स्थानियले मर्मत सम्भारको माग गर्दै जनप्रतिनिधिलाई घचघचाउन थालिएपछि समस्या समाधानमा जनप्रतिनिधिले चासो देखाएका हुन ।
प्रमुख जिल्ला अधिकारी खनालले सासदसहितको टोलीद्वारा गराईएको ध्यानाकर्षणलाई आफुले गम्भीरतापूर्वक लिएको र २÷३ दिन भित्रै सरोकारवालालाई राखेर समस्या समाधानको पहल गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ