News Category 2076/11/19
प्रधानमन्त्रीको स्वास्थ्य लाभका लागि दुई दिने धार्मिक अनुष्ठान
दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सोमबारदेखी सप्तरीको छिन्नमस्ता मन्दिरमा धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरिएको छ ।
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।
सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ । आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको बताए ।
नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रतयारोपित मृगौलालई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीकोृ नयाँ मृगौला प्रतयारोपन गर्ने तयारी गरिएको हो ।
श्रोतका अनुसार प्रधानमन्त्रीको दोश्रो पटकको मृगौला प्रत्यारोपन कार्य आगामी बुधबार राजधानीस्थित त्रिवि शिक्षण अस्पतालमा हुने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ