News Category 2076/11/21
डिजे बजाउने विषयमा झडप, मोटरसाइकल जलाइयो, कुटपिटमा स्थानीय एक घाइते
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित तोपा बजारमा सोमाबारराती बिवाहको लागि जादै गरेका जन्तिसँग डिजे बजाउने विषयमा दुई पक्षबिच झडप भएको छ । सो झडपका क्रममा एउटा मोटरसाइकल जलाइएको छ भने एक जना घाइते भएका छन् ।
सप्तरीको शम्भुनाथबाट हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा जन्ती जादै गरेका सिरहाको लहान नगरपालिका २४ बस्ने अमित राय राजपुतको स.१०प. ५५१६ नम्बरको मोटरसाईकल जलाइएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।
यस्तै सोही झडपका क्रममा जन्ती पक्षले कुटपिट गर्दा तिलाठी कोइलाडी गाउँपालिका ८ तोपा निवासी विरेन्द्र मण्डल गम्भीर भएको प्रहरीले जनाएको छ ।
घाइते मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाइएको छ ।
यता घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच कुटपिटमा घाइते भएका बिरेन्द्र मण्डललाई हेर्न राजविराज आउने क्रममा मोटरसाइकल दुर्घटना हुँदा संजित मंडल र इन्द्रजीत मण्डल घाइते भएका छन् ।
उनीहरु दुवै जनाको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ