News Category 2076/11/21
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा

दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले वर्तमान सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न लागिपरेको बताएका छन् ।
राजविराजमा आयोजित स्व. लोकेन्द्र श्रेष्ठ स्मृति ७ औं राष्ट्रियव्यापी जुडो प्रतियोगिताको मंगलबार आयोजित समापन तथा पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले वर्तमान सरकारले खेलकुदको विकासका लागि गाउँ गाउँमा खेल पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै ७ सय ५३ नगर र गाउँपालिकामा १÷१ खेलग्राम तथा एक वडा एक खेल मैदानलगायतका कार्यक्रम मार्फत खेलकुदको योजना बनाएको जानकारी दिए ।
देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनका लागि सरकारले खेल क्षेत्रको विकासका लागि पूर्वाधार नै पहिलो आवश्यकता रहेकोमा जोड दिँदै सरकार सोही अनुसार अघि बढेको जिकिर गरे ।
उनले राजविराजस्थित जिर्ण रहेको राजरंगशालाको पनि छिट्टै मर्मत सम्भार गरिने प्रतिबद्धता समेत जनाए । उनले राजविराज नगरपालिका, प्रदेश सरकार र संघीय सरकार गरि तीनवटै तहका सरकार मिलेर चाडै राजरंगशालाको जिर्णोद्वार गरिने प्रतिबद्धता ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ