News Category 2076/11/22
ठूलो जमघट, ठूलो स्वरमा डिजे नबजाउन जिप्रकाको अनुरोध
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक सूचना जारि गर्दै विभिन्न सामाजिक कार्यहरुका लागि ठूलो जमघट नगर्न नगराउन अनुरोध गरेको छ ।
जिप्रका सप्तरीका प्रशासकीय अधिकृत जनार्दन कट्टेलद्वारा बिहीबार जारि सूचनामा घर परिवार र समाजमा अनिवार्य रुपमा गर्नु पर्ने विभिन्न किसिमका सामाजिक कार्यहरु विवाह, ब्रतबन्ध, छेका, मुण्डनलगायतका कार्यमा ठूलो भोजभतेर तथा अनावश्यक तडकभडक नगरि सामान्य रुपमा गर्न अनुरोध गरिएको छ ।
त्यस्तै विद्यालय, मठ, मन्दिर, मस्जिद, अस्पताल तथा सार्वजनिक स्थलहरुमा ध्वनी प्रदुषण हुने गरि लाउड स्पीकर तथा बाजा नबजाउन तथा ठूलो स्वरमा डिजे नबजाउन सूचनामार्फत अनुरोध गरिएको छ ।
यसैगरि होलीमा अनावश्यक उच्श्रृंखल क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन नगर्न, जबरजस्ति पानी नछ्याप्न तथा पानीमा नभिज्न अनुरोध समेत गरिएको छ ।
जारि सार्वजनिक सूचनामा त्यस्ता गैर कानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम सजाय हुने समेत जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ