News Category 2076/11/25
कोरोनाका कारण तथा मंगलबार परेकाले होली खल्लो हुने
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
नोभेल कोरोना भाइरसको त्रासबीच यस पटकको होली पर्व खल्लो हुने भएको छ ।
कोरोनाको त्राससँगै यस पटक तराई मधेशमा होली पर्व मंगलबार परेको हुनाले कतिपय व्यक्तिले सो दिन उपवास गर्ने गर्दछन् । जसले गर्दा पनि यस पटकको होली खल्लो हुने भएको छ ।
होली पर्वमा मांसाहारी भोजन गर्ने चलन रहेपनि यस पटक मंगलबार अधिकांश मधेशी समुदायले माछा मासु नखाने र उपबास बस्ने गरेका कारण होलीको उत्साहमा कमी आएको हो ।
काठमाडौंसहित पहाडी जिल्लामा सोमबार होली मनाईदै छ । यता होलीका लागि प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिने सार्वजनिक विदा दिएको छ ।
यस्तै यस पर्वमा प्रयोग गरिने रंग, अबिर, फुचकारी, बैलुन तथा प्रसाद र विभिन्न परिकार सामग्रीहरुको मुल्य पनि आकाशिएकाले सर्वसाधारणलाई पिरोलेका छन् । स्थानिय बजारमा त्यस्ता सामग्रीहरुको मुल्य अत्याधिक रहेको छ । महंगी नियन्त्रणको प्रयास कतैबाट नहुँदा पनि यस पटकको होली पर्वको तयारी उत्साहजनक हुन सकेको छैन ।
यसैबीच कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै स्थानिय प्रशासन र स्थानिय तहहरुले होली कार्यक्रम आयोजना नगर्न र सहभागी नहुन आग्रह गरेका कारण पनि होली उत्साहमा कमी आएको छ ।
सप्तरीमा होलीका अवसरमा करिब आधा दर्जन कला तथा सांस्कृतिक समुहले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका थिए । तर, यस पल्ट सवै कार्यक्रम रद्द गरिएको छ ।
कोरोना भाईरसको बढ्दो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय सप्तरी तथा विभिन्न स्थानिय तहले सभा, सम्मेलन, भेला, सार्वजनिक कार्यक्रम नगर्न भन्दै भिडभारमा सामेल नहुन र सर्तकर्ता अपनाउन अनुरोध गरेपछि यस पटक होली महोत्सव कार्यक्रम समेत रद्द गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ