News Category 2076/11/26
मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
सप्तरीमा आइतबार राती मोटरसाइकल र म्याजिक भ्यान ठोकिदा दुई यूवकको ज्यान गएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको महुली खण्डमा आईतबार राती मोटरसाईकल र म्याजिक भ्यान ठोकिएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
पश्चिमबाट पुर्व तर्फ आईरहेको स.५प. ९५४५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट गईरहेको ना.३प. ८५२८ नम्बरको म्याजिक भ्यान एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि मोटरसाईकल चालक सप्तरीको अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ५ बस्ने २६ बर्षिय प्रकाश चौधरी र सोही मोटरसाईकलमा पछाडी सवार अग्नीसाईर कृष्णाशवरण गाउँपालिका ६ बस्ने २३ बर्षिय अनिल चोधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टाउँकोमा गम्भीर चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा सोमबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । तिब्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले म्याजिक भ्यान र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ