News Category 2076/11/29
भिडभाड बिना नै होली शान्तिपूर्वक मनाइयो

दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
कोरोना भाईरसको त्रास तथा स्थानिय प्रशासनले समेत भिडभाड गरि होली नखेल्न गरेको आग्रहका कारण सप्तरीमा अधिकांशले आप्mनै घर परिवारमै रंग अबिर दलेर होली पर्व मनाएका छन् । यसअघि विगतमा साथी भाई र आफन्तजनको घर–घर पुगेर मनाउने गरिएको रंग र उमंगको पर्व होली यस पटक सप्तरीमा आप्mनै घरमा सिमित भएर होली पर्व मनाईएको हो ।
मिथिला पञ्चाङग अनुसार तराई मधेशमा यस पल्ट होली मंगलबार परेको थियो । होली मंगलबार परेका कारणले पनि होलीको उत्साहमा कमी आएको छ । होलीमा माछा, मासु मुख्य परिकारको रुपमा रहने गरेपनि मंगलबारका दिन माछा मासु नखाने परम्पराका कारण पनि होलीको रौनक्ता बढन नसकेको स्थानियबासीहरुको भनाई छ ।
संघिय राजधानी सहित पहाडी जिल्लामा सोमबारै होलीपर्व मनाईएको छ भने प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा भने यस पटह होली बुधबार मनाइएको छ । यस पर्वको अवसरमा प्रदेश २ सरकारले मंगलबार र बुधबार दुई दिन सार्वजनिक विदा दिएको थियो ।
तर, विश्वभर फैलिएको कोरोना भाईरसको त्रास र मंगलबार माछा मासु नखाने मिथिलाबासीको परम्पराले यस पल्टको होली उत्साहजनक हुन सकेन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ