News Category 2076/11/29
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ

दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
सप्तरी प्रहरीले १४ वर्ष अघि एक व्यक्तिलाई गोली हानेर हत्या गर्ने बाबुछोरालाई पक्राउ गर्न सफल भएको छ ।
सप्तरीको तिरहुत गाउपालिका ३ डिमन निवासी ५३ वर्षिय बाबु सुकदेव यादव र ३७ वर्षिय छोरा बिनोद कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सुराकीको आधारमा सुनसरीको इनरुवा नगरपालिका ९ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा सप्तरी र सुनसरी प्रहरीको संयुक्त टोलीले बिहिबार दिउँसो उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना विवरण अनुसार सोही वडा निवासी ३० वर्षिय दिलिप कुमार यादवको २०६२ असोज १७ गते साँझ हत्या भएको थियो । बजारबाट घर फर्किने क्रममा यादवमाथी गोली प्रहार भएको थियो ।
घटना लगत्तै फरार भएका दुबै आरोपीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले बताए । पुराना रजघन्य अपराधको अनुसन्धानलाई तिब्रता दिएपछि सफलता मिल्दै गएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईको भनाई छ ।
यता अदालतबाट सजाय तोकिएका तथा अनुसन्धानका क्रममा फरार भएका मध्ये विगत तीन महिनाको अवधीमा प्रहरीले ७९ जनालाई पक्राउ गरि अदालत समक्ष बुझाइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ