News Category 2076/11/29
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, २९ फागुन ।
संसारभरि फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगाउन के कस्तो तयारी रहेको भन्ने बारे बिहीबार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरेका छन् ।
मन्त्री साहको गृह जिल्ला समेत रहेको सप्तरीमा कोरोना भाईरसको संक्रमणबाट जोगिन र जोगाउन अस्पताल प्रशासनले कस्तो तयारी र सुरक्षाका प्रयास गरेको बारे चासो लिएका हुन् ।

अस्पताल निरिक्षणका क्रममा मन्त्री साहले कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको फितलो तयारी रहेकोप्रति अस्पताल प्रशासनलाई गम्भिरतापूर्वक लाग्न निर्देशन दिए ।
अस्पतालमा निर्माण गरिएको भाइरस संक्रमित बिरामीलाई राखिने आईसोलेशन वार्डदेखि ¥याल तथा रगतको नमुना परिक्षण कक्ष निरक्षण गर्दा मन्त्री साहले यसको तयारी अत्यन्त कमजोर रहेको बताए । उनले संक्रमित बिरामीका लागि अस्पताल हाताभित्र प्रोटेक्टिभ बेरियर बनाउन निर्देशन समेत दिए । यदी कुनै संक्रमित बिरामी आएको खण्डमा सबैभन्दा पहिला सोही प्रोटेक्टिभ बेरियर भित्र राख्न सकियोस् जसले अन्य व्यक्तिलाई त्यसबाट बचाउन सकिन्छ ।
यता अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहलाई सुझाव दिदै मन्त्री साहले सुरक्षाका लागि गम्भिरता पुर्वक पहल गर्न निर्देशन पनि दिए । निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. साहले कोरोना भाईरसको संक्रमणबाट सर्वसाधारणलाई जोगाउन आवश्यक दक्ष जनशक्ति र सामाग्रीको अभाव रहेको मन्त्री साहलाई जानकारी गराएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खासै सहयोग र समन्वय हुन नसकेको तथा तालिम प्राप्त दक्ष जनशक्ति र सामग्रीको अभाव पनि उतिकै रहेको डा. साहको भनाई छ ।

मन्त्री साहले आफनो मन्त्रालय नपरेपनि एउटा जिल्लाबासी, प्रदेशबासी तथा मन्त्रीको हैसियतले यसमा चासो लिएको बताए । उनले कोरोना भाईरस संक्रमण विरुद्घ गर्नुपर्ने तयारीमा देखिएको कमी कमजोरी हटाउन र व्यवस्थित गर्न आफुले केही दिनमै बस्ने प्रदेश २ को मन्त्री परिषदको बैठकमा प्राथमिकताका साथ यो विषय राख्ने र समस्या सामाधानको पहल गर्ने प्रतिबद्घता समेत व्यक्त गरे ।

माहामारीका रुपमा फैल्न सक्ने कोरोना भाईरस फैल्न नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रदेश सरकार कुनै कसर बाँकी नराखिने भन्दै मन्त्री साहले साधन श्रोतले भ्याएसम्म प्रदेश सरकारले यसका लागि काम गरिरहेको जानकारी दिए ।

यता सप्तरी सदरमुकाम राजविराज हुँदै भारतीय नाका छिर्ने प्रमुख मार्ग हो । यो नाकाबाट दैनिक ५ सय भन्दा बढी व्यक्तिको आवत जावत हुन्छ । सप्तरीमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उद्देश्यले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका लगायत विभिन्न स्थानिय तह र संस्थाबाट राजविराज बिमानस्थल तथा नाका क्षेत्रहरुमा गरी ६ स्थानमा हेल्पडेक्सको स्थापना गरि बहिरबाट आउने व्यक्तिहरुको स्वास्थय जाच्ने काम भई रहेको छ । तर, तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको अभावमा त्यति प्रभावकारी नदेखिएको स्थानियको गुनासो पनि छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ