News Category 2076/12/01
कोरोनाको त्रासप्रति राजविराज कारागारमा सतर्कता बढाइयो
राजविराज÷राजविराज कारागारमा कोरोना भाइरसको त्रासप्रति सतर्कता बढाईएको छ ।
एक सय २५ कैदी बन्दीको क्षमता रहेको यस कारागारमा हाल १७ महिलासहित ३ सय ३४ कैदी बन्दी रहेको जेलर सत्य नारायण यादवले जानकारी दिएका छन् ।
सरकारले कोरोना भाईरसको जोखिममा ध्यानमा राख्दै भिडभाडमा नबस्न तथा सभा सम्मेलनको आयोजना नगर्न आग्रह गरिरहेका बेला राजविराज कारागारमा ठुलो संख्यमा कैदीबंदीलाई कोचाकोच गरि राखिएकाले जोखिम बढेको कैदीबन्दीहरुको भनाई छ ।
जेलर यादवका अनुसार विगत एक सातादेखी कोरोना भाईरस संक्रमणबाट बच्ने उपायबारे कैदी बन्दीलाई सचेतना दिइदैछ । अभियान चलाउनुका साथै भेटघाटमा समेत कडाई गरिएको जेलर यादवको भनाई छ ।
यता कारागार प्रशासनले हाल कैदी बन्दीलाई मास्क उपलब्ध गराउनुका साथै उनीहरुलाई भेटन आउने आफन्तहरुलाई मास्क तथा पंजा प्रयोग गर्न लगाएको छ ।
फोहोर मैलाको उचित व्यवस्थापन, सरसफाई र साबुन पानीले नियमित हात धुने लगायतका काममा विशेष ध्यान दिइएको तथा अतिआवश्यक काम बाहेक भेटघाटमा कडाई गरिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ