News Category 2076/12/01
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
राजविराज÷सप्तरी प्रहरीले छोरा अपहरणमा परेको भन्दै झुठो उजुरी दिने बाबुलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने ३६ वर्षिय जासर मियाँ छन् । उनले शुक्रबार बिहान मोटरसाइकलमा आएका २÷३ जना अपरिचित व्यक्तिले घरमा सुतिरहेका ११ वर्षिय छोरा ज्याउद्दिनको अपहरण गरेको भन्दै सुरक्षा वेश क्याम्प पत्थरगाढामा उजुरी दिएका थिए ।
बालक अपहरण भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा वेश क्याम्प पत्थगरगाढाको संयुक्त प्रहरी टोलीले शंकास्पद स्थानका साथै भारतीय सीमा सुरक्षा अधिकारीसँग पनि समन्वय गरि खोजतलासमा खटेको जनाएको छ ।
खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पारेको सप्तरी प्रहरीले जनाएको छ । बालकले भने आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आएको र यस बारे बुबा जासरलाई पनि थाहा भएको प्रहरीलाई जानकारी दिएका छन् ।
गाउँका विभिन्न व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेका जासर मियाँले छोरो अपहरणको नाटक गरि ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
बालकलाई आमाको जिम्मा लगाइएको छ भने प्रहरी नियन्त्रणमा रहेका जासर मियाँलाई झुठो उजुरी दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बाबुराम कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ