News Category 2076/12/01
छोराको अपहरण भएको भन्दै झुठो उजुरी दिने बाबु पक्राउ
राजविराज÷सप्तरी प्रहरीले छोरा अपहरणमा परेको भन्दै झुठो उजुरी दिने बाबुलाई शनिबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा बस्ने ३६ वर्षिय जासर मियाँ छन् । उनले शुक्रबार बिहान मोटरसाइकलमा आएका २÷३ जना अपरिचित व्यक्तिले घरमा सुतिरहेका ११ वर्षिय छोरा ज्याउद्दिनको अपहरण गरेको भन्दै सुरक्षा वेश क्याम्प पत्थरगाढामा उजुरी दिएका थिए ।
बालक अपहरण भएको खबर पाउना साथ जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पातो र सुरक्षा वेश क्याम्प पत्थगरगाढाको संयुक्त प्रहरी टोलीले शंकास्पद स्थानका साथै भारतीय सीमा सुरक्षा अधिकारीसँग पनि समन्वय गरि खोजतलासमा खटेको जनाएको छ ।
खोजतलासकै क्रममा बालक ज्याउद्दिनलाई घरबाट ५ सय मिटरको दुरीमा रहेको दिदीको घरबाट प्रहरीले फेला पारेको सप्तरी प्रहरीले जनाएको छ । बालकले भने आफूलाई कसैले अपहरण नगरेको तथा दिदीलाई भेट्ने इच्छा भएकाले यहाँ आएको र यस बारे बुबा जासरलाई पनि थाहा भएको प्रहरीलाई जानकारी दिएका छन् ।
गाउँका विभिन्न व्यक्तिसँग लेनदेनका विषयलाई लिएर तनावमा रहेका जासर मियाँले छोरो अपहरणको नाटक गरि ऋण र लेनदेनका तनावबाट उन्मुक्ति पाउने नियतले समेत बनावटी उजुरी दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ ।
बालकलाई आमाको जिम्मा लगाइएको छ भने प्रहरी नियन्त्रणमा रहेका जासर मियाँलाई झुठो उजुरी दिएको आरोपमा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरी निरिक्षक बाबुराम कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ