News Category 2076/12/01
राजविराजमै जटिल प्रकृतिका चार विरामीको सफल शल्यक्रिया
राजविराज÷स्वास्थ्य क्षेत्रमा बढ्दै गएको आधुनिकतासँगै राजविराजका सरकारी तथा निजि अस्पतालहरुले उच्च प्रविधिका उपकरण तथा दक्ष चिकित्सकको सहयोगमा विभिन्न जटिल प्रकृतीका उपचारहरु स्थानियस्तरमै सफलतापूर्वक सम्पन्न गरिरहेका छन् ।
पछिल्लो पटक राजविराजस्थित एक निजि अस्पतालमा शुक्रबार एकै दिन चार वटा जटिल प्रकृतीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि स्थानीयहरु अब जिल्ला बाहिर महँगो खर्च तिरेर उपचार गर्न जानबाट मुक्त हुने भएका छन् ।
सो अस्पतालमा बरिष्ठ सर्जन डा. राजिव मिश्राको नेतृत्वमा डा. विकास झा, डा. पारस मणी साह (एनेस्थोसियोलोजिष्ट) लगायतका चिकित्सक टोलीले फलामको डण्डी पेटमा छिरेर आन्द्राभूडी निस्केको एक महिलाको सफल शल्यक्रिया गरेका छन् ।
सप्तरीको राजगढ गाउँपालिका ६ फेकरा कि ३५ बर्षिया साहिरा खातुनको आप्mनो घरको छतबाट अचानक लडेर छिमेकीको जमिनमा जडान गरिएको दुई वटा फलामे डण्डी पेटमा छिरेपछि आन्द्राभुडी बाहिर निस्केको थियो ।
यस्तै सोही चिकित्सक टोलीले जिल्लामा पहिलो पटक दुरबिन (ल्याप्रोसकोपिक) प्रविधिबाट सफल शल्यक्रिया समेत गरिएको छ । पितको थैलीमा पथरी भएर उपचारका लागि अस्पताल भर्ना भएकी राजविराज नगरपालिका ७ की ३२ बर्षिया सपना अधिकारीको सो प्रविधिबाट सफल शल्यक्रिया गरिएको वरिष्ठ सर्जन डा. मिश्राले बताए ।
यस्तै भारत विहार राज्यको कमलपुर निवासी ६३ बर्षिय चन्देश्वर मेहताको फुटेको आन्द्रो पनि सफल शल्यक्रिया गरिएको छ । उनलाई ग्यास्टिक परफोरेशन भएर पेटको भित्री भागमा प्वाल परेर गम्भीर अवस्थामा ल्याईएपछि डेढ घण्टाको प्रयासमा सफल शल्यक्रिया सम्पन्न भएको वरिष्ठ सर्जन डा. मिश्रले बताए ।
त्यसैगरि शुक्रबारै राजविराज नगरपालिका १६ कि ९४ बर्षिया नथुनी देवी यादवको पनि हाड जोर्नि रोग विशेषज्ञ डा. ज्ञानेन्द्र कुमार झाको नेतृत्वको चिकित्सक टोलीले डाढ फियुमर फ्याक्चरको समेत सफल शल्यक्रिया गरेका छन् ।
यसअघि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पनि फलामको डण्डी छिरेर आन्द्राभुडी बाहिर निस्केको एक बालकको सफल शल्यक्रिया भएको थियो भने कचिया हसियाँ पेटभित्र छिरेका अर्को एक बालकको पनि सफलतापूवर्क शल्यक्रिया सम्पन्न भएको थियो । वरिष्ठ सर्जन डा. मिश्रकै नेतृत्वमा एकपछि अर्को जटिल शल्यक्रिया राजविराजमै हुन थालेपछि यहाँका बिरामीहरुले अब अन्य स्थानमा महँगो खर्च तिरेर जाने बाध्यताबाट छुटकारा पाउने भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ