News Category 2076/12/04
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय

दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको जोखीमबाट सर्वसाधारणलाई जोगाउन सतर्कता तथा सचेतनाका लागि विभिन्न तयारी तथा कार्यक्रम संचालनका लागि १० बुँदे निर्णय गरेको छ ।
स्थानिय विपद तथा जलवायु उत्थानशिल समितिका अध्यक्ष समेत रहेका गाउँपालिका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा सोमबार बसेको बैठकले कोरोना भाइरसको जोखीमबाट जोगिन र सचेतना फैलाउन विभिन्न १० बुँदे निर्णय गरेको हो ।
विपद् ब्यवस्थापन अधिकृत राजेश झाका अनुसार वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थलहरुमा संचेतनामूलक प्रचार प्रसार सामाग्रि राख्ने, सरसफाईमा विशेष ध्यान दिने र आवश्यकता अनुसार मास्क र स्यानिटाइजर खरीद गरि बितरण गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बजारमा बिक्रिका लागि राखिएको उपभोग्य सामाग्रिको प्राविधिकबाट निरिक्षण, कालोबजारी तथा कृतिम अभाव सृजना गर्न नदिन बजार अनुगमनलाई तिब्रता तथा गाउँपालिका क्षेत्रमा हाल कुनै पनि सभासम्मेलनको आयोजना गर्न नदिने लगायत १० बुँदे निर्णय गरिएको छ ।
अध्यक्ष सिंहले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको जोखीमबाट स्थानियलाई जोगाउन गाउँपालिकाले साधानश्रोतले भ्याएसम्म काम गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ