News Category 2076/12/04
कोरोना भाइरसको जोखीमबाट जोगाउन तिलाठी कोइलाडी गापाद्वारा १० बुँदे निर्णय
दैनिक समाचारदाता
राजविराज, ३ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको जोखीमबाट सर्वसाधारणलाई जोगाउन सतर्कता तथा सचेतनाका लागि विभिन्न तयारी तथा कार्यक्रम संचालनका लागि १० बुँदे निर्णय गरेको छ ।
स्थानिय विपद तथा जलवायु उत्थानशिल समितिका अध्यक्ष समेत रहेका गाउँपालिका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा सोमबार बसेको बैठकले कोरोना भाइरसको जोखीमबाट जोगिन र सचेतना फैलाउन विभिन्न १० बुँदे निर्णय गरेको हो ।
विपद् ब्यवस्थापन अधिकृत राजेश झाका अनुसार वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थलहरुमा संचेतनामूलक प्रचार प्रसार सामाग्रि राख्ने, सरसफाईमा विशेष ध्यान दिने र आवश्यकता अनुसार मास्क र स्यानिटाइजर खरीद गरि बितरण गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै बजारमा बिक्रिका लागि राखिएको उपभोग्य सामाग्रिको प्राविधिकबाट निरिक्षण, कालोबजारी तथा कृतिम अभाव सृजना गर्न नदिन बजार अनुगमनलाई तिब्रता तथा गाउँपालिका क्षेत्रमा हाल कुनै पनि सभासम्मेलनको आयोजना गर्न नदिने लगायत १० बुँदे निर्णय गरिएको छ ।
अध्यक्ष सिंहले विश्वभर त्रास फैलाएको कोरोना भाइरसको जोखीमबाट स्थानियलाई जोगाउन गाउँपालिकाले साधानश्रोतले भ्याएसम्म काम गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ