News Category 2076/12/05
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
दैनिक समाचारदाता
राजविराज, ४ चैत ।
राजविराजस्थित एक मात्र सरकारी अस्पताल गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना भाइरसको संक्रमितलाई बचाउनका लागि कुनै सुरक्षा व्यवस्था गरिएको छैन् ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणले गर्दा अहिले मानिसकरु त्रासमय अवस्थामा रहेको बेला सरकारी तयारी कागजमै सिमित देखिएको छ ।
मंगलबारै नेपाली काँग्रेस समर्थित युवाहरुको एक समुहले सो अस्पतालमा कोरोना भाईरसको संक्रमणबाट जोग्न र जोगाउन गरिएको तयारी बारे जानकारी लिएको छ ।
काँग्रेस महासमिति सदस्य मो. ईर्साद अंसारी, नेविसंघका क्षेत्रिय सभापति प्रवेज आलम, बुथ सभापति श्यामशर्मा, ईश्वर प्रसाद साह, श्याम खडगी लगायतका काँग्रेसी नेता तथा कार्यकर्ताहरु सम्मिलित टोलीले तयारीबारे निरिक्षण गर्नुका साथै आवश्यक जानकारी लिएका हुन् ।
अस्पताल पुगेर फर्केपछि टोलीको नेतृत्व गरेका काँग्रेस महा समिति सदस्य अंसारीले कोरोना सुरक्षाको बारेमा सरकारबाट निकै प्रचारवाजी गरिएपनि अस्पतालको अवस्था हेर्दा सो अनुसारको कुनै व्यवस्था नरहेको पाईएको सुनाए ।
उनले अब केन्द्र सरकारको मात्र भर नपरी जिल्लाका १८ वटै स्थानिय तह समेतले यसको बारेमा चासो देखाउनु पर्ने आवश्यक रहेको बताए ।
यता संघिय सरकारको मातहतमा रहेको यस अस्पतालमा स्वास्थ्यकर्मी तथा सर्वसाधारणका लागि सुरक्षाका कुनै सामग्री बढाईएको छैन । मन्त्रालयबाट कोरोना भाईरस जोखिमबाट जोगाउन न त कुनै उपकरण र सामग्री पठाईएको छ । न त कुनै परिपत्र नै, मंगलबार अस्पतालका निमित मेडिकल सुप्रिटेन्डेन्ट डा. दिलिप साहले फेसबुकको माध्यमले मात्र सरकारले विभिन्न कार्य योजना बनाएको सुन्ने गरेको बताए ।
मन्त्रालयबाट कुनै निर्देशन, पत्राचार तथा सुरक्षाका कुनै सामग्री प्राप्त नभएपनि उपलब्ध साधन श्रोतले ४ शैयाको आइसोलेसन कक्ष तथा केहि सचेतना मुलक प्रचार प्रसार सामग्री तयार गरी अस्पताल हातामा झुण्डाईएको उनको भनाई छ ।
उनले हालसम्म स्वास्थ्यकर्मीको सुरक्षाका लागि समेत सरकारबाट कुनै सामग्री प्राप्त नहुँदा कोरोना भाईरस संक्रमित व्यक्ति फेला परि हाले स्वास्थ्यकर्मी पनि जोखिममा पर्ने अवस्था रहेको गुनासो सुनाए ।
मे.सु. डा. साहले उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि खुट्टादेखि टाउँको सम्म छोपिने खालको सुरक्षा सामग्री, बिषेश खालको मास्क तथा अन्य उपकरण आवश्यक पर्ने भएपनि ती मध्ये कुनै पनि सामग्री अस्पतालमा नरहेको लाचारी व्यक्त गरे ।
यता आवश्यक जनशक्ति र उपकरणको अभावमा हाल यस अस्पतालमा भिडियो एक्सरे सेवा बन्द रहेको छ भने सिटि स्क्यान र आईसियु सेवा समेत नहुँदा कुनै संक्रमित व्यक्ति आई हाले धरान र टेकु पठाउनुको विकल्प नभएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ