News Category 2076/12/06
एसइइ स्थगित, चैत मसान्तसम्म विद्यालय कलेज पनि बन्द

दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सरकारले स्थगित गरेको छ भने सरकारले सम्पूर्ण विद्यालय र कलेज चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने बारे सरकारले निर्णय गरेको छैन । यस वर्ष चार लाख ८२ हजार ७०७ विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।
यस्तैसोही बैठकले चैत मसान्तसम्म विद्यालय तथा कलेज बन्द गर्ने निर्णय समेत गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले बुधबार २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बाल विकास केन्द्र तथा आधारभूत विद्यालय पनि बन्द गर्ने निर्णय गरिएको छ । कक्षा ११ र १२, स्नातक, स्नातकोत्तर लगायतका परिक्षा के हुने भन्नेबारे चाहिँ निर्णयमा उल्लेख गरिएको छैन ।
कोभिड १९ नामक कोरोना भाइरसको संक्रमणबाट विश्वव्यापी रुपमा फैलिरहेका वेला सरकारले यो निर्णय गरेको हो ।
सप्तरीबाट नौ हजार १ सय ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुदै थिए । तीमध्ये चार हजार ५ सय ३१ छात्र र चार हजार ६०९ छात्रा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिएका छन् ।
नियमिततर्फ आठ हजार ४६८, एक्जाम्टेडतर्फ १३६ र अपग्रेडिङतर्फ ५३३ विद्यार्थीका लागि ३४ परीक्षा केन्द्र तोकिएको थियो । जसमध्ये ३३ परीक्षा केन्द्र नियमिततर्फका विद्यार्थीका लागि र एउटा केन्द्र एक्जाम्टेड र अपग्रेडिङका विद्यार्थीका लागि निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खत्रीले बताए ।
यसैबीच माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो । परीक्षाका लागि देशभर एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षामा प्राविधिक धारतर्फ नौ हजार ५०९ परीक्षार्थी सहभागी हुदै थिए ।
त्यस्तै कूल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २४२ र प्राविधिकतर्फ १३९ परीक्षार्थी सहभागी हुने थिए । सबैभन्दा धेरै परीक्षार्थी वाग्मतीबाट एक लाख तीन हजार ६६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४३६ सहभागी हुदै थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ