News Category 2076/12/08
छिन्नमस्ता मन्दिरमा हेल्थ डेस्कका साथै स्वास्थ्य सम्बन्धी सतर्कत अपनाइयो
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
सप्तरीको छिन्नमस्ता भगवती मन्दिर परिसरमा शुक्रबारदेखि हेल्थ डेस्क स्थापनाका साथै विशेष सतर्कता अपनाईएको छ ।
कोरोना भाइरसको त्रास रहेको अवस्थामा दैनिक पुजा गर्न आउने हजारौं श्रद्धालु भक्तजनको शक्तिपीठमा स्वास्थ्य परीक्षण तथा साबुन पानीले हात धुन अनिवार्य गरिएको छ ।
नेपाल–भारतको विभिन्न स्थानहरुबाट श्रद्धालु भक्तजन आउने गरेकोले कोरोना भाइरसबाट जोगिन विशेष सतर्कता अपनाईएको पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् ।
श्रद्धालुहरुलाई लक्षित गरी स्वास्थ्य चौकी सखडाद्वारा हेल्थ डेस्क स्थापना गरिएको छ भने हेल्थ डेस्कमा भक्तजनको रेकर्ड राख्नुका साथै खोकी, ज्वरो, घाँटी दुख्ने समस्या भए नभएकोबारेमा सोधपुछ गर्ने, शरिरको तापक्रम नाप्ने तथा कोरोना भाइरसको जोखिमबाट जोगिने उपायबारे जानकारी दिने गरिएको छ ।
त्यस्तै पूजाआजामा संलग्न पूजारीहरुलाई समेत अनिवार्य मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन आवश्यक तयारी गरिएको छ ।
यता स्वास्थ्य चौकी सखडाका ईन्चार्ज अजय कुमार झाको नेतृत्वमा तीन जना स्वास्थकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्कमा पहिलो दिनमै हेल्थ डेस्कमा सात सय पाँच भक्तजनको स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ