News Category 2076/12/08
कोरोनाको त्रासका कारण खाद्यान्न भण्डारण गर्ने होडबाजी
दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
कोरोना भाइरसको त्रासका बीचमा सप्तरीमा खाद्यबस्तुका साथै पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको भण्डारण गर्ने उपभोक्ताबीच होडबाजी चलेको छ ।
उपभोक्ताहरुले भाईरसको त्रासका कारण सामानहरुको अभाव हुने तथा मुल्य बृद्धि हुने डरका कारण सामानहरुको भण्डारण गर्ने होडबाजी चलेको हो ।
विभिन्न पसलहरुमा अहिले सामानहरुको खरीद गर्ने भिड लागेको देखिन्छ भने ग्यासको पसलमा २÷३ वटा ग्यास सिलिन्डर लिएर आउनेहरुको समेत उत्तिकै भिड देखिन्छन् ।
कोरोना त्रासका कारण नगरभित्रका केही किराना पसल बन्द रहने तथा खुलेका पसलमा उपभोक्ताको भिड लाग्ने गरेको र चामल, दाल, नुन, चिनी र पिठो खरिद गरी भण्डारण गर्ने प्रवृति बढेको हेमनारायण साहले बताए ।
यता ईन्धनको अभाव हुने हल्लाले पेट्रोल पम्पहरुमा पनि विहानैदेखि भिड लाग्ने गरेको छ । कोरोना भाईरसको त्रासका कारण आपुर्ति रोकिने भ्रामक हल्लाका कारण अधिकांश सवारी धनीले ईन्धन भण्डारण गर्न थालिएको छ ।
भ्रामक हल्लाका कारण पनि कालो बजारी र कृत्रिम अभाव सृजना भएको भन्दै हल्ला पछि नलाग्न र बजारलाई व्यवस्थित गर्न पहल गरिरहेको सगरमाथा पेट्रोलियम एशोसिएशनका हरेकृष्ण प्रसाद सिंहले बताए ।
यता प्रहरीले कालो बजारी र कृत्रिम अभाव सृजना गर्ने सम्बन्धित पसले र व्यक्तिलाई कारवाही गर्ने भन्दै त्यस्तो कार्यमा संलग्न व्यक्तिबारे तत्काल जानकारी गराउन सर्वसाधारण सँग एक सूचना मार्फत आग्रह गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ