News Category 2076/12/08
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै
राजविराज÷कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन हुने भएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।
सम्पन्न बैठकले कोरोना भाईरसबाट संक्रमित हुनेको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमस्ता मेडिकल कलेज एण्ड अस्पताल, साई कृष्णा शिक्षण अस्पताल र रुपनी गाउँपालिकास्थित युनिक अस्पताल गरी चार स्थानमा कोरोना व्यवस्थापन अस्थायी अस्पताल संचालन गर्ने निर्णय गरेको छ ।
बैठकले हाल बन्द रहेको साई कृष्णा शिक्षण अस्पतालमा आवश्यक उपकरण जडान गरी क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने तयारी गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दासले जानकारी दिदै गजेन्द्र नारायण सिंह अस्पताल, छिन्नमास्ता मेडिकल कलेज एण्ड अस्पताल र युनिक अस्पतालमा आईसोलेटेड बेडसहितको आईसोलेसन कक्ष निर्माण गर्ने तयारी गरिएको उनले बताए ।
अस्थायी अस्पताल निर्माणका लागि राजविराजस्थित नेपाली सेनाको भिम दलगण राजविराज नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गजेन्द्र नारायण सिंह अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय समेतको प्रमुख भुमिका रहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी सुनिल खनालले विश्वभर फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा पनि देखिएकाले जोखिम बढेको बताउँदै कोरोनो भाईरस यस क्षेत्रमा फैलिन नदिन साधन श्रोतले भ्याए सम्म प्रयास भईरहेको बताए । उनले यसबाट भयभित र आतंकित नहुन सर्वसाधारणलाई अपिल समेत गरे ।
शनिबारै प्रमुख जिल्ला अधिकारी खनालको नेतृत्वमा भिमदलगणका प्रमुख गुप्त बहादुर कुवर, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरिक्षक उद्दव बहादुर न्योपाने, गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमन लाल दाससहितको टोलीले कोरोना व्यवस्थापनका लागि संचालनमा ल्याउने अस्थायी अस्पतालका लागि छनौट गरिएका चार वटै अस्पतालको स्थलगत निरिक्षण समेत गरेका थिए ।
यसैबीच राजविराज २ मा हाल बन्द रहेको साई कृष्णा अस्पतालमा कोरोना रोकथामका लागि स्थानिय प्रशासनले क्वारेन्टाईन कक्ष संचालनमा ल्याउने निर्णयको स्थानियवासीले बिरोध गरेका छन् । उनीहरुले घनाबस्ती भएकाले यस अस्पतालमा संक्रमित व्यक्तिलाई ल्याउँदा आफुहरु पनि असुरक्षित हुने चिन्ता व्यक्त गर्दै सो बिरोध गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ