News Category 2076/12/10
सबै होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट बन्द गर्ने निर्णय

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
कोरोना भाइरसको संक्रमणाई रोकथाम तथा पूर्व तयारीका सम्बन्धमा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सप्तरी जिल्लामा संचालित सबै प्रकारको होटल, रिसोट, मोटेल, मदिरा पसल र रेष्टुरेन्ट तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
आइतबार जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय र सर्वपक्षिय बैठकले सो निर्णय गर्दै यस्तै अत्यावश्यक बस्तु बिक्रि बितरण गर्ने पसल, व्यापार, प्रतिष्ठान बाहेकका अन्य पसलहरु बन्द गर्न आग्रह समेत गरेको छ ।
कसैले त्यस्ता पसल संचालनमा ल्याउन चाहे अनिवार्य रुपमा हात धुने सेनिटाइजर र थर्मल गनसहितको स्वास्थ्यकर्मीबाट परिक्षणको व्यवस्था गर्नुपर्ने निर्णय समेत गरिएको छ । बैठकले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन, भेला, सभा, सम्मेलन, भोजभतेरको आयोजना नगर्न तथा विभिन्न स्थानिय तहमा लाग्ने हाटबजार फराकिलो स्थानमा सार्न र नियमित सरसफाईको व्यवस्था मिलाउने लगायतको चार बुँदे निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ