News Category 2076/12/18
घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिइयो

दैनिक समाचारदाता
राजविराज, १८ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाईं ध्यानमा राख्दै मंगलबार ब्रतालुहरुले घरमै अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिदै चैती छठ पर्व सम्पन्न गरेका छन ।
सूर्यको पूजा गरिने यस पर्वमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी अस्थायी जलाशय निर्माण गरि उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् । यस्तै सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका हुन् ।
तराई मधेशमा कात्र्तिक र चैत महिनामा छठ पर्व मनाइन्छ । कात्र्तिकको छठ पर्वलाई मुख्य छठ पर्व मान्ने चलन रहेपनि केही वर्षयता चैती छठ पर्व मान्नेको संख्या पनि बढ्दो छ । यस पर्वमा विशेष गरि राजविराजस्थित भगवती पोखरी, कल्टु पोखरी र तुरन्ती पोखरीमा चैती छठ पर्वमा ब्रतालु र दर्शानार्थीको भिड लाग्ने गरेको थियो । तर यस पल्ट ती सबै जलाशय सुनसान देखिए ।
पारिवारि सुख, शान्ति, कलयाण्, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पुरा हुने विश्वासका साथ तराई मधेशमा श्रद्धापूर्वक मनाइने सूर्य पूजाको यो पर्व यसपल्ट कोरोना भाइरसको त्रासका कारण निरस भएपनि कोरोना भाइरसमाथी बिजयी प्राप्त गर्दै अर्को वर्ष उत्साहका साथ मनाउने अधिकांश ब्रतालुहरुको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ