News Category 2076/12/24
आइसोलेशनमा एक महिला तथा चार भारतियसहित २ सय ६८ क्वारेन्टाइनमा
दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना रोकथाम तथा व्यवस्थापनका लागि बनाइएको आईसोलेशन कक्षमा एक महिलालाई भर्ना गरिएको छ । यस्तै जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा चार भारतीयसहित २ सय ६८ जनालाई रािखएको छ ।
भारतको राजस्थानबाट फर्केकि कंचनरुप नगरपालिका ११ की ४० बर्षिया ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखेपछि आईसोलेशन कक्षमा राखिएको छ । यता महिलाका पतिलाई भने क्वारेन्टाईनमा पठाइएको छ ।
महिलाको स्वाब परिक्षणका लागि धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. चुमन लाल दासले बताए ।
१५ दिन अघि राजस्थानबाट फर्केकि उनी घरमै लुकेर बसेकी थिईन तर स्वास्थ्य अवस्था विग्रिदै गएपछि आफन्त स्वास्थ्यकर्मीको सम्पर्कमा लिएर आएको डा. दासले बताए ।
यता सप्तरीको विभिन्न अस्पताल, सामुदायिक भवन र विद्यालयहरुमा बनाएको क्वारेन्टाईनमा आईतबार सम्ममा ४ भारतीय सहित २ सय ६८ जनालाई राखिएको छ । जसमध्ये १३ महिला छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार यसरी क्वारेन्टाईनमा राखिएकाहरु मध्ये अघिकांश कतार, मलेसिया र भारतको विभिन्न सहरबाट फर्केर आएका हुन ।
४ जना भने भारतको मोतिहारी जिल्लाका बासीन्दा हुन । धार्मिक सभाको शिलशिलामा भारतको विभिन्न सहर हुदै यहाँ आईपुगेका उनीहरु एक मस्जिदमा बसेका बेला नियन्त्रणमा लिई क्वारेन्टाईनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ