News Category 2076/12/24
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
दैनिक समाचारदाता
राजविराज, २४ चैत ।
प्रदेश २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले लकडाउनका समयमा गरिब, निमुखा जनताका लागि स्थानिय तहले खानका लागि व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सप्तरी क्षेत्र नं. २ को प्रदेश सभा क्षेत्र १ अन्तरगत महदेवा गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न र सरकारद्वारा गरिएको लकडाउनको विषयमा छलफल गर्ने क्रममा मन्त्री साहले सो निर्देशन दिएका हुन् ।
सोमबार बिहान मन्त्री साहले महादेवा गाउँपालिकाका प्रमुख दिपक यादव (टुटुबाबु) सँग स्थानिय तहमा कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन गाउँपालिकाले गरेको स्वास्थ्य सुरक्षाको व्यवस्था तथा लकडाउनकाको प्रभावबारे जानकारी समेत लिए ।

उनले सो क्रममा गाउँपालिका प्रमुखसँगै उपप्रमुख ममता यादवसहित ६ वटै वडाका अध्यक्ष तथा स्थानिय जनप्रतिनिधिहरुसंग ग्रामीण क्षेत्रमा कोभिड १९ कोरोना भाईरसबाट बच्न, लकडाउनलाई थप प्रभावकारी बनाउन र निमुखा गरिव, बिपन्न परिवार तथा किसान मजुरहरुहरुलाई तत्काल राहतको ब्यवस्थापन मिलाउन निर्देशन दिए ।
यस्तै आइतबारै मन्त्री साह जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकामा समेत पुगेर लकडाउनका बेला जनतालाई भएको समस्या सम्बन्धमा सो गाउँपालिका प्रमुख सतिशकुमार सिंहसँग छलफल गरेका थिए ।
छलफलका क्रममा मन्त्री साहले प्रमुख सिंहलाई लकडाउनका समयमा गरिब, निमुखा जनतालाई कुनै समस्या आउन नदिन र खाद्यान्नको तत्कालै व्यवस्थापनका लागि निर्देशन समेत दिएको मन्त्री श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ