News Category 2076/12/28
राहतको नाममा ३ किलो चामल बितरण गरेपछि लकडाउनमै बिरोध जुलुस
नवीन कुमार गुप्ता
राजविराज, २८ चैत ।
कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनका कारण ज्यालादारी, मजदुर, किसानलगायत गरिब, विपन्न वर्गलाई अहिले खानपिनको समस्या भएको छ । सोही समस्यालाई केहीहदसम्म समाधानका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि स्थानीय सरकारलाई राहत बितरण गर्ने निर्देशन दिएको छ ।
तर, राहतको नाममा ठग्ने र झरो टार्ने काम पनि भएको छ । सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ५ गंगाजलीमा राहत बितरणको नाममा ३ किलो चामल, एउटा साबुन र आधा लिटर खानेतेल मात्र बितरण गरिएपछि स्थानियहरु आक्रोसित भएका छन् ।
उनीहरुको आक्रोस यति बढ्यो की लकडाउनको बेला सामुदायिक दुरी कायम राख्नु पर्ने कुराको समेत ध्यान नदिई बालबालिकाहरुले प्ले कार्ड बोकेर बिरोध प्रदर्शन गर्न पुगे । प्रदर्शनकै क्रममा प्रहरी पुगेपछि स्थानियहरुलाई सम्झाई बुझाई घर फर्काएको जनाइएको छ ।
यता वडा अध्यक्ष दिपक चौधरीका अनुसार नगरपालिकाबाटै राहतका लागि यस्तै प्याकेज पठाइएकोले आफूहरुले केही गर्न नसकिने लाचारी व्यक्त गरेको स्थानियहरुको भनाई छ । जबकी सप्तरीमा अधिकांश स्थानिय तहले १५ किलो चामल, २ किलो दाल, एक लिटर खाने तेल र एक किलो नुन राहतका लागि बितरण गरिरहेका छन् ।

यस्तै शुक्रबार लकडाउनको १८ औं विभिन्न स्थानिय सरकारहरुले राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएका छन् । स्थानिय तह अन्तरगत विभिन्न वडाहरुले राहतका लागि व्यक्तिहरुको तथ्याङ्क संकलन गरि राहत बितरण गर्ने कार्यलाई तिब्रता दिएको हो ।
यसअघि बिहीबार राजविराज नगरपालिका वडा नं. ८ स्थित कार्यालयमा २ सय परिवारलाई राहत बितरण गरिएको छ । राहतमा १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र एक लिटर खाने तेल बितरण गरिएको वडा अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् । यस्तै वडा नं. ६ ले पनि विभिन्न चरणमा राहत बितरण गरेको छ ।
प्रदेश २ सरकारले महानगरपालिलाई २५ लाख, उपमहानगरपालिलाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख राहत बितरणका लागि बजेट प्रदान गरेको हो ।
विश्वभरि नै कोरोना भाइरसको संक्रमितहरु बढ्दै गइरहेको बेला नेपालले पनि सम्भावित त्यस्ता संक्रमणलाई ध्यानमा राखी पहिलो चरणमा चैत ११ गतेदेखी १८ सम्म, दोश्रो चरणमा १९ देखी २५ सम्म र तेश्रो चरणमा चैत २६ देखी २०७७ बैशाख ३ गतेसम्म लकडाउनको आह्वान गरेको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ