News Category 2077/01/03
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल

दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
¥यापिड डाइनोष्टिक टेष्टमा दुई जनामा कोरोना पोजेटिभ पाइएपछि सप्तरी जिल्लाको दुई वटा स्थानिय तहको दुई वटा वडा आज शिल गरिएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी र खडक नगरपालिका वडा नं. ११ जाजरलाई शिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जानकारी दिएको छ ।
भारतको दिल्ली मरकजबाट फर्केका ७ जनाको मंगलवार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा ती दुई जनामा कोरोना पोजेटिभ पाईएको थियो ।
¥यापिड डाइनोष्टिक टेष्टबाट कोरोना पोजिटिभ पाईएको दुबै जनाको सो वडा स्थायी ठेगाना रहेकोले जिल्ला सुरक्षा समितिको बैठकबाट सो निर्णय गर्दै शिल गरिएको हो ।
वडाहरुलाई शिल गर्दै सो स्थानमा ब्यापक सुरक्षा सर्तकर्ता बढाईएको र ती दुबै जनाको सम्पर्कमा आएका व्यक्तिहरुको समेत खोजी थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।
यता मंगलबार राती नै सातै जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि धरानस्थित बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गर्ने क्रममा घरमै बसिरहेको अवस्थामा फेला पारेर क्वारेन्टाईनमा पु¥याईएको हो ।
यसअघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ