News Category 2077/01/04
“मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन (निर्णयसहित)

दैनिक समाचारदाता
राजविराज, ४ बैशाख ।
कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको छ ।
बिहिवार राजबिराजमा सम्पन्न बैठकले कोभिड १९ वाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अबस्था अनुगमन गर्न नेपाल बार एशोसियसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघ सम्मिलत ५ सदस्यीय सो अनुगमन समिति गठन गरिएको हो ।
गठित समितिको सदस्यहरूमा सप्तरी जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष डोमन साह, गैरसरकारी संस्था महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, महिला मानवअधिकारकर्मी आभासेतु सिंह, पत्रकार चन्दनकुमार यादबलाई मनोयन गरिएको जनाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग कोभिड १९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार जिल्लाको मानव अधिकारको अबस्थाको अनुगमन समिति निर्माण गरिएको संयोजक खड्गाले जानकारी दिएका छन् ।
जिल्ला स्तरको समितिले मानव अधिकारको अबस्था अनुगमनका लागि आयोगवाट तयार भएको अनुगमन चेकलिस्ट प्रयोग गर्ने, लकडाउनको अबधिमा भिडियो कन्फ्रेन्स, टेलिफोन वार्ता, स्थलगत अध्ययन तथा अन्य उपलब्ध माध्मवाट सुचना संकलन गर्ने, लगायतका कार्य गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ