News Category 2077/01/18
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
कोरोना भाइरसको संक्रमणबाट कुनै व्यक्तिको मृत्यु भएमा सो मृत शरीरको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा नेपाली सेनाले बिहीबार राजविराजमा अभ्यास गरेको छ ।
नेपाली सेनाको मध्य पूर्वी पृतनाद्वारा प्रस्तुत तथा राजविराजस्थित सेनाको मिभ दल गणको सहयोगमा सो अभ्यास गरिएको हो ।
अभ्यासका क्रममा पिआरटीले शंकास्पद संक्रमित भेट्दा कसरी कारवाही गर्ने, कोभिड १९ संक्रमित मृत शरीरलाई कसरी व्यवस्थापन गर्ने तथा एम्बुलेन्स र सवारीसाधनलाई कसरी डिसइन्फेक्ट गर्ने बारे देखाइएको थियो ।
सहसेनानी बिद्युत कुमार बस्नेतको नेतृत्वमा प्रस्तुत गरिएको अभ्यासमा सुरक्षा निकायबीच गरिने कारवाहीमा समेत एकरुपता ल्याउन मद्दत पु¥याई बास्तविक परिस्थितमा समेत कार्य गर्ने कुरालाई केन्द्रित गरिएको छ ।
सो अवसरमा राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साह, संचारकर्मी, अधिकारकर्मी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ