News Category 2077/01/22
सामाजिक विकास मन्त्री नवलकिशोरद्वारा स्व. माझीप्रति सम्वेदना

दैनिक समाचारदाता
राजविराज, २२ बैशाख ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले पत्रकार मनोज कुमार माझी (एमके माझी) का ममतामयी आमा कमलादेवी माझीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृतआत्माको चिरशान्ति एवं परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका छन् ।
सोमवार बिहान माझीको निवासमै पुगि उनले स्व. कमलादेवी माझीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद घडीमा परिवारजनलाई परेको पीडाप्रति सम्वेदना व्यक्त गरेका हुन् ।
मन्त्री साहसँगै हनुमाननगर कंकालनी नगरपालिका नगर प्रमुख शैलेश कुमार साह, जसपाका नेता सुनिल कुमार झा, युवा नेता बिनोद कुमार यादब, मंन्त्रीका स्वकिय सचिव राजकुमार यादब, प्रेस मंचका केन्द्रीय सचिव चन्दनकुमार यादबको उपस्थिति रहेको थियो ।
सो अवसरमा स्व. माझीका पुत्र मनोज कुमार माझी (एमके माझी) ले शोकाकुल घडीमा उपस्थित भई सम्वेदना र सद्भाव प्रकट गरेकोमा मन्त्री साहप्रति कृतज्ञता व्यक्त गरेका थिए ।
राजविराज ४ निवासी ७८ वर्षिया माझीको गत सोमबार ह्दयघातबाट निधन भएको थियो ।
यसअघि प्रदेश २ का उपसभामुख उपमा देव तथा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह समेतले पत्रकार माझीकी आमाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ