News Category 2077/01/25
हात्तिको आक्रमणबाट महिलाको, डियुटी गर्दै गरेका हवल्दारको, मोटरसाइकल ठोकिदा युवकको मृत्यु, महिलाद्वारा आत्महत्या
दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
सप्तरीमा बिहीबार हात्तिको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ भने डियुटीमै रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । त्यस्तै मोटरसाइकल ट्रकमा ठोकिदा एक ब्यक्ति तथा झुण्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् ।
जिल्लाको शम्भूनाथ नगरपालिका २ भलुवाईस्थित जंगली हात्तिको आक्रमणमा परि एक महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय केसल मगरकी ४० वर्षिया श्रीमती जानकी मगर रहेको प्रहरीले जनाएको छ ।
तीनवटा जंगली हात्तीको समूह बिहीबार बिहान घर नजिकै आएपछि ज्यान जोगाउन भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल श्रीमानले उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर मगरको बिहीबार बिहान मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङमा दरबन्दी रहेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ९ निवासी मगर स्टेन बाई डिउटीमै रहेको बेला बेहोस भई ढलेका थिए ।
यसअघि गत सोमबार भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको पनि ड्यूटीमै रहेको बेला मृत्यु भएको थियो ।
यसैगरि बिहीबारै बिहान जिल्लाको अग्निसाईर कृष्णासावरण गाउँपालिका २ सितापुरस्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको स.८प. ५६२९ नं.को मोटरसाइकल अनियन्त्रित भई रोकीराखेको ना.३ ख.६१२६ नंम्बरको ट्रकमा ठोकिदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ निवासी ३५ वर्षिय बिक्रम सरदार रहेका तथा सोही दुर्घटनामा ३६ वर्षिय तरुण सरदार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुबै जनाको टाउको लगायत शरीरको बिभिन्न भागमा चोट लागेकोले उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बिक्रम सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै राजविराज नगरपालिका २ शिव टोल निवासी २५ वर्षिया देवी मण्डलले आफ्नै घरको सुत्ने कोठाको सिलिङ फ्यानमा साडीको पासो लगाई आत्महत्या गरेकी छिन् । झुण्डिएको अवस्थामा उनका श्रीमानले देखेपछि पासो काटी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता चार वटै घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ