News Category 2077/02/02
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
प्रदेश सरकार प्रादेशिक खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति प्रदेश नं.२ जनकपुरधामको समन्वयमा सप्तरी र सिरहा अस्पतालमा कोरोना भाईरस संक्रमणबाट बच्न तथा रोकथामको लागी स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ ।
युनिसेफ क्षेत्रिय कार्यालय जनकपुरधामको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र, नेपाल राजविराजका सहजिकरणमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र सिरहा जिल्ला अस्पताललाई ती स्वास्थ्य सामाग्रिहरु प्रदान गरिएको सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. चुमनलाल दासलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क २ हजार थान, डिस्पोजल ग्लब्स २ हजार थान, सेनिटाइजर एक सय थान, साबुन १ हजार थान, हात धुने लिक्विड १ हजार थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताए ।
त्यस्तै सिरहा अस्पतालका प्रमुख डा. नागेन्द्र यादवलाई हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा हस्तान्तरण गरिएको उनले बताए ।
यसैगरि सप्तरीको भारदह अस्पतालका प्रमुख डा. कुन्दन ठाकुरलाई समेत हेण्ड वासिङ्ग स्टेशन ४ थान, सर्जिकल मास्क ९ सय थान, डिस्पोजल ग्लब्स ९ सय थान, सेनिटाइजर ८० थान, साबुन ५ सय थान, हात धुने लिक्विड ३० थान र ब्लिचिङ पाउडर २ बोरा प्रदान गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
- 2082/04/01 डिफेन्डिङ च्याम्पियन तिरहुत टाइगर्स र राजदेवी रोयल्सबीच फाइनल हुने
- 2082/03/31 भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
- 2082/03/31 फाइनलका लागि राजदेवी रोयल्स र खडक वारियर्स तथा तिरहुत टाइगर्स र कन्चनरुप राइनोजबीच प्रतिस्पर्धा हुने
- 2082/03/30 उपचार खर्च माग्दै पीडित परिवार तथा आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
- 2082/03/30 सामुदायिक खानेपानीमा करछुटको माग
- 2082/03/30 राजदेवी रोयल्स र तिरहुत टाइगर्स सेमिफाइनलमा प्रवेश
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ