News Category 2077/02/13
सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुग्यो, एकै दिन ११ जना संक्रमित
दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीमा कोरोना भाइरसबाट संक्रमितको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार जारि विज्ञप्तिमा मंगलबार एकै दिन ९० जनामा कोरोना संक्रमित पाइएको जनाइएको छ ।
यसअघि सप्तरीमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मंगलबार एक महिलासहित ११ जना गरि सप्तरीमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।
मंगलबार जिल्लाको बोदेबर्साइन नगरपालिकाबाट ८, बलानबिहुल गाउँपालिकाबाट एक महिलासहित २ र सुरुङ्गा नगरपालिकाबाट एक जना गरि ११ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।
हाल उनीहरु आ–आफ्नो पालिका अन्तरगतका क्वारेन्टाइनमा रहेका छन् । यसअघि जिल्लाको डाक्नेश्वरी नगरपालिकाका र बलानबिहुल गाउँपालिकाकामा दुई÷दुई जना गरि चार जना संक्रमितको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
यो सँगै नेपालमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ