News Category 2077/02/20
६ दिनमा सेनाले बनायो एक सय शैयाको आइसोलेशन
दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
सप्तरीमा कोरोना संक्रमितलाई राख्न आइसोलेशन कक्षको अभाव भएपछि राजविराजस्थित नेपाली सेनाको भिम दल गणले ६ दिनमा एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको छ ।
जिर्ण अवस्थामा रहेको तथा लामो समयदेखी बन्द रहेको राजविराज २ स्थित साई कृष्णा अस्पतालमा गणका ४० जनाको प्राविधिक टोलीले ६ दिनमा श्रमदान गरेर एक सय शैयाको आइसोलेशन कक्ष निर्माण गरेको हो ।
गणका गणपति प्रमुख सेनानी गुप्त बहादुर कुँवरले उक्त अस्पतालमा थप २ सय शैयाको आइसोलेशन कक्ष निर्माण गर्ने योजनासहित गृहकार्य थालिएको जानकारी दिएका छन् ।
प्रदेश २ सरकारको २५ लाख रुँपैयाको सहयोग तथा सेनाको श्रमदानबाट निर्माण गरिएको उक्त आइसोलेशन कक्षमा जिल्लाका सबै ५५ जना संक्रमितहरुलाई उपचारार्थ भर्ना गरिएको उनले जानकारी दिए ।
यसअघि आइसोलेशन कक्षको अभावका कारण संक्रमित पुष्टि भएर पनि क्वारेन्टाइनमै बस्न बाध्य ३१ र गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशनमा रहेका २४ जना गरि सबै ५५ जनालाई मंगलबारसम्ममा सोही आइसोलेशनमा ल्याइसकेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ