News Category 2077/02/21
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार

दैनिक समाचारदाता
राजविराज, २१ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ हाटी टोलमा बुधबार जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते भएका छन् ।
दुई पक्षबीच भएको सो झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अऋग्यास प्रहार गरेको र अहिले सो वडामा स्थिति नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक तिलक भारतीले जानकारी दिएका छन् ।
यता झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएका छन् । हाल उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खम्बा गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खम्बा अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथी आक्रमण गर्न सुरु गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ