News Category 2077/02/22
सप्तरीको पहिलो संक्रमित युवा कोरोना मुक्त

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीका पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भई बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएका सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो. नसिमलाई बिहीबार गजेन्द्र नारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरुले फुलमाला लगाई स्वागत गरेका थिए ।
उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।
गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जेठ ११ र १७ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई बिहीबार डिस्चार्ज गरिएको जानकारी दिएका छन् ।
कोरोना संक्रमणबाट मुक्त भएका मो. नसिमले उपचारमा संलग्न चिकित्सकको सद्भाव र हौसला तथा आफ्नो आत्मबलका कारण ठूलो संकटबाट मुक्ति मिलेको बताएका छन् ।
यता सप्तरीमा बाकी ६८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । उनी सबैलाई साई कृष्ण अस्पतालमा तीन दिन अघि बनाइएको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ