News Category 2077/02/22
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो
.jpg)
दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा बिहीबार १३ जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको हो ।
यता जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका ३ हटेल निवासी २० वर्षिय मो. नसिम बिहीबार संक्रमण मुक्त भई घर फर्किएका छन् । उनको गत बैशाख २९ गते स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही दिन अस्पतालको आइसोलेशसनमा भर्ना गरिएको थियो ।
पछिल्लो पटक बिहीबार जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, शम्भुनाथ र राजविराज नगरपालिकामा १÷१ जना गरि १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाद यादवले जानकारी दिएका छन् ।
हाल जिल्लाको संक्रमित मध्ये सबभन्दा बढी बोदेबसाईन नगरपालिकाका १९, राजगढ गाउँपालिकाका १३, डाक्नेश्वरी नगरपालिकाका १२, हनुमाननगर कंकालिनी नगरपालिकामा ६, छिन्नमस्ता गाउँपालिकामा ५, राजविराज नगरपालिकामा ५, बलान बिहुल गाउँपालिकाका ४, खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, शम्भुनाथ नगरपालिका र तिरहुत गाउँपालिकामा १÷१ गरि कूल ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।
उनले संक्रमित पुष्टि भएकाहरुलाई राजविराजस्थित साई कृष्णा अस्पतालको आइसोलेशन कक्षमा उपचारका लागि भर्ना गराइएको जानकारी पनि दिए ।
संक्रमित मध्ये २ महिला र ६७ पुरुष छन् । संक्रमित मध्ये ९५ प्रतिशत हालै भारतबाट घर फर्किएकाहरु हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवका अनुसार जिल्लामा १ हजार ९ सय ५२ क्षमताको ५७ वटा क्वारेन्टाइन केन्द्र निर्माण गरिएकोमा हाल १ हजार ६ सय ५२ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ