News Category 2077/02/26
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

दैनिक समाचारदाता
राजविराज, २६ जेठ ।
सप्तरी जिल्लास्थित विभिन्न मठमन्दिरमा केही समययता तोडफोड तथा पुजारीमाथी दुव्र्यबहारको घटना बढीरहेको भन्दै जिल्लास्थित हिन्दुवादी संघसंगठनहरुले दोषि पत्ता लगाई कडा कारवाही गर्न माँग गरेका छन् ।
सोमबार हिन्दु नरसिंह सेना, हिन्दु परिषद् र शिवसेना नेपाल सप्तरीले संयुक्त रुपमा प्रदर्शन पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।
हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको विभिन्न मठ मन्दिरमा केही दिन यता भएको तोडफोड तथा पुजारीहरुमाथी गरिएको दुव्र्यबहार लगायतको घटनाको छानबिन गरि दोषिमाथी कारवाहीको माँग सो ज्ञापनपत्र मार्फत गरिएको छ ।
सद्भाव ¥याली नाम दिएर लकडाउनकाबीच स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस बजारक्षेत्र परिक्रमा पश्चात् जिल्ला प्रशासन कार्यालय पुगि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
हिन्दुवादी संगठनका अगुवा राहुलराज साह, विष्णुप्रताप साह, नमनकुमार सिंहको नेतृत्वमा बुझाइएको ज्ञापनपत्र तत्काल आवश्यक कार्याथ र जानकारीका लागि प्रधानमन्त्रीको कार्यालय पठाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ